जिल्ला प्रहरी कार्यालय इलामको मंसिर महिनाको प्रगति बिवरण सार्वजनिक, ३४ घटना दर्ता


सेवारो खबर  275 पटक हेरिएको

इलाम: जिल्ला प्रहरी कार्यालय इलामले मंसिर महिनाको कार्य सम्पादन प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यालयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै मंसिर महिनाको प्रगति बिवरण सार्वजनिक गरेको हो ।

प्रगती बिवरणमा ३४ घटना कार्यालयमा दर्ता भएको छ । १२ वटा कसुरको फर्स्यौट भएको छ । मंसिर महिनामा चालु मुद्दाका २८ आरोपी पक्राउ परेको उल्लेख छ ।

दुई लाख ९१ हजार ८ सय ८५ जरिवाना रकम संकलन भएको थियो ।

११ जनाले झुण्डीएर एक जनाले बिष सेवन गरी मृत्यूको घटना भएको जनाइएको छ ।

हराएका फेला परेका महिला पुरुष बाल बालिका तथा जेष्ठ नागरिकको संख्या १४ रहेको छ । तीन वटा घरेलु हिंसाको घटना भएको तथ्याङ्क छ । २३ वटा ठाडो उजुरी परेको थियो भने २ वटा आत्महत्याको प्रयासमा उद्दार समेत गरेको उल्लेख छ ।

जिल्लामा १५ वटा सवारी दुर्घटना भएका छन् । यसमा ३ जनाको मृत्यू २७ जना घाइते भएको तथ्याङ्क छ ।  सवारी साधन चेकजाँचका क्रममा ३ सय २३ कारबाहीमा परे । यस कारबाहीबाट ३ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको छ ।

एक लाख ५२ हजारको अवैध भन्सार छलिको सामग्री बरामद गरिएको छ । तीन जना पक्राउ परेका छन् ।

प्रेस विज्ञप्ती:

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार