‘एक अर्कालाई गाली गरेर देश बन्दैन, ‘हामी सबै मिलेर यो देशलाई बनाउँनु पर्छ’


याम माबोहाङ लिम्बू  160 पटक हेरिएको

इलाम: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साम्पाङ)ले एक अर्कालाई गाली गरेर देश नबन्ने बताए ।  इलाम बजारमा जिल्ला बिस्तार तथा महाअभियान सभामा बोल्दै बिहिबार श्रमले मात्रै देश बन्ने दाबी गरे ।

‘हामी सबै मिलेर यो देश बनाउँनु पर्छ, अध्यक्ष साम्पाङले भने- एक अर्का प्रतिको राजनीतिक नस्लवादी सोचले देश नबनेको हो । गफ गरेर होइन काम गरेर मात्र देश बन्छ ।’

नेताले सधै जितिरहने र जनताले सधैं हारिरहने परिपाटीको अन्त्यको लागि श्रम संस्कृति पार्टीको स्थापना गरेको दाबी गर्दै अध्यक्ष साम्पाङेले पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थका कारण छियाछिया परेको देशलाई सिलाउन आफू सियो भएर पार्टी मार्फत आएको बताए ।

साम्पाङले भने ‘गलतलाई गलत भनौ. सहीलाई सत्य भनौ, समाजमा हुने गरेको विभेद हटाउनु पर्छ । व्यक्तिमा सपना हुनुपर्छ । सपना किन्न इमान बेच्नु हुदैन । इमान भनेको देश हो ।’

समाजलाई रुपान्तरण गर्ने राजनीतिक दलको खाँचो नभएको बताउँदै हामी समाजको सामाजिक आर्थिक हरेक कुराको रुपान्तरण आफै गर्छौ र गर्नुपर्छ । हामीले देश बनाउँन मिलेर श्रम गर्नु पर्नेमा जोड दिए ।

‘समाजमा किड्नी बेचर बाइक किन्ने छौं । हाम्रो बुद्दी त्यस्तो पनि छ । त्यसो गर्नु हुँदैन भन्ने कोही छैन । बरु ठिक गरिस भन्नेहरु छन् । अनि बाइक किनेर उबारेको पैसा माग्नेहरु छन्, प्रमुख साम्पाङले भने- किड्नी बेचर जीवन जोडे जसरी देश बेचेर कुनै सपना किन्दैनौ । कसैको जुठो खाँदैनौ । इमान्दार र स्वभिमानी भएर देश बनाउँछौं ।’

‘भएका राजनीतिक दलले आन्दोलन गर्न मात्र सिकाए । श्रम गर्न सिकाएन । छिमेकीलाई माया गर्न सिकाएन । छिमेकीलाई माया नगर्नेले देशलाई माया गर्दैन । एक अर्कालाई माया गर्नु नै यो देशको माया गर्नु हो । श्रम संस्कृतिले एक अर्कालाई माया गर्न सिकाउँछ’, साम्पाङले भने ।

यो देशको भबिष्य जेन्जीको काँधमा भएकोले भबिष्य जेन्जीको भएको बताउँदै प्रमुख साम्पाङले भने- ‘भबिष्य निर्माण गर्न अल्छी गर्नु भएन । इतिहास रच्नु पर्छ । त्यसको लागि सुन्दर सपनाको खाँचो छ । योजना बनाएर काम गर्नुपर्छ ।’

श्रम संस्कृति पार्टीका इलाम अध्यक्ष प्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य आशा लामा, इलाम काठमाण्डौ सम्पर्क संयोजक प्रेमकुमार राईले पार्टीको विषमा बोलेका थिए ।

महाअधियान सभाको औचित्यको बारेमा बोल्दै कृष्ण राईले स्वागत गरेका थिए । सभामा पार्टी प्रवेशको कार्यक्रम समेत भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार