आउँदो माघ ८ गते, किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन हुने


सेवारो खबर  187 पटक हेरिएको

इलाम : किरात याक्थुङ चुम्लुङ इलामको नवौं जिल्ला अधिवेशन आउँदो माघ ८ गते इलाम बजारमा हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङ इलामको बुधबार बसेको पूर्ण बैठकले अधिवेसन गर्ने निर्णय गरेको हो ।  बैठकमा  गाउँ/नगर शाखाको समेत सहभागितामा अधिवेसनको मिति तय गरिएको चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।

बैठककले पुस मसान्तसम्म गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले अधिवेशनका लागि विभिन्न ६ वटा उपसमिति गठन गरेको छ । अध्यक्ष बुद्धमाया सोङ्मीको संयोजकत्वमा पदम ताम्लिङ, राम योङहाङ, याम माबोहाङ, अतित योङहाङ, शिव थेगिम र रुद्र थेवे सदस्य रहेकव मूल व्यवस्थापन उपसमिति, माया लिम्बूको संयोजकत्वमा लिला केरुङ, नबिनसुन्दर शेर्मा र फुलकुमारी शेर्मा सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिति, राम लिङदम संयोजक र हेमराज मोरोहाङ र फुलकुमारी शेर्मा सदस्य रहेको अतिथि/खाना/आवास व्यवस्थापन उपसमिति गठन गरेको छ ।

सहसचिनव याम माबोहाङको संयोजकत्वमा अतित योङहाङ, राम लिङदम र पञ्च योङहाङ सदस्प्रय रहेको चारप्रसार उपसमिति, अतित योङहाङको संयोजकत्वमा हेमराज मोरोहाङ र शिव थेगिम सदस्य रहेकोस्वयमसेवक उपसमिति र पदम ताम्लिङको संयोजकत्वमा रुद्र थेवे, शिव थेगिम, रुपेन नेम्बाङ र विजय फागो सदस्य रहेको साँस्कृतिक झाँकी व्यवस्थापन उपसमिति गठन भएको छ ।

बैठकले जिल्ला अधिवेशनका लागि नगरपालिकालाई १० हजार र गाउँपालिकाई ८ हजार रुपैयाँ अधिवेशन दायित्व निर्धारण गरेको छ । अधिवेशन प्रतिनिधि विधान बमोजिम सदस्यता सङ्ख्याको आधारमा सहभागी हुनेछन् ।

त्यस्तै, बैठकले किरात याक्थुङ चुम्लुङको विधान (दशौं संशोधनसहित मिलाइएको) परिच्छेद १० दफा (४८) व्यवस्था अनुसार पदावधि समाप्त भएका चुलाचुली, फाकफोकथुम, सन्दकपुर. माईजोगमाई र रोङ गाउँपालिका एव्म देउमाई, माई र इलाम नगरपालिका शाखा समितिको अधिवेशन यही २०८२ पुस मसान्तसम्म सम्पन्न गरी सदस्यता विवरणसहितको प्रतिवेदन जिल्ला शाखामा पेश गर्नेगरी पत्राचार गर्ने निर्णय गरेको छ ।

बैठकले पालिकाहरुको अधिवेशन संयोजन गर्न सम्बन्धित पालिकाबाट जिल्लामा प्रतिनिधित्व गर्ने पदाधिकारी/सदस्यलाई दिएको छ । चुलाचुली गाउँपालिकाका लाग संगीता थलङ, फाकफोकथुम गाउँपालिकाका लागि पञ्च योङहाङ, सन्दकपुर गाउँपालिकाका लागि रुद्र थेवे र रुपेन नेम्बाङ, माईजोगमाई गाउँपालिकाका लागि पदम ताम्लिङ, रोङ गाउँपालिकाका लागि याम माबोहाङ, देउमाई नगरपालिकाका लागि हेमराज मोरोहाङ, माई नगरपालिकाका लागि दिपेन्द्र सुब्बा (संगम) र इलाम नगरपालिकाका लावस शिव थेगिमलाई अधिवेशन संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

बैठक चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मीको अध्यक्षता र संघीय सदस्य विष्णु तुम्बापोको आतिथ्यतामा भएको थियो । बैठकमा पालिका समिति अध्यक्ष/सचिवहरुको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार