११ बुँदे घोषणापत्र जारी गर्दै फोनिज संघीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न


सेवारो खबर  78 पटक हेरिएको

कास्की: ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय तेस्रो पूर्ण बैठक  सम्पन्न भएको छ ।

पोखराको कालाबाङ सामुदायिक होमस्टेमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको टुंगो लगाउने गरी अध्ययन समिति गठनको पुनः माग गरेको छ । महासंघले त्यसमा बेवास्ता गरे आन्दोलनमा जाने चेतावनी फोनिजले दिएको छ ।

संघीय अध्यक्ष लक्की चौधरीको अध्यक्षता पुस ४ र ५ गते बसेको बैठकले घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घविरुद्ध देशव्यापी आन्दोलन गर्ने तयारी गरेको छ । बैठकले नेपाल पत्रकार महासङ्घको महाधिवेशनले दिएको म्यान्डेट अनुसार संस्थापक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ सम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन समिति गठन नगरेको प्रति गम्भीर आपत्ति जनाएको छ ।

बैठकले फोनिजकर्मीका लागि राष्ट्रिय कार्यशाला, जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला, मातृभाषा पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम तथा फेलोसिप कार्यक्रमलगायत विविध कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको महासचिव समीर बलामीले बताए ।

प्रदेश १ मा जारी पहिचान आन्दोलन, मुकुमलुङ र खुवालुङ समस्या  वार्ता र संवादका माध्यमबाट समाधान खोज्न सरकार र सम्बद्ध पक्षसँग यो बैठक आग्रह गर्दछ ।

गएको भदौ २३ र २४ गते जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा सञ्चार माध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमण दुःखद छ । स्वतन्त्र प्रेसमाथि हुने यस्ता घटना अन्त्य गरी प्रेसप्रति जिम्मेवार बन्न सबैपक्षसँग आग्रह गरेको छ ।

हाल फोनिजका देश तथा विदेशमा गरी ९७ वटा शाखा छन् । फोनिजमा कुल ४ हजार ५ सय ६४ जना आदिबासी पत्रकार आवद्ध छन् ।

घोषणा पत्र:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार