
इलाम: आउँदो पुस २० गते नेपाली कम्युनिष्ट पार्टी इलामको एकता सन्देश सभा हुने भएको छ । एकता सन्देश सभा इलाम बजारमा हुने बताइएको छ ।
आइतबार इलाममा भएको नेपाली कम्युनिस्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र र साविक एकीकृत समाजवादी) इलामको पहिलो बैठकले एकता सन्देश सभा गर्ने निर्णय गरेको हो ।
साविक एकीकृत समाजवादीका इलाम संयोजक रणबहादुर राईको अध्यक्षतामा भएको सो निर्णय गरेको हो । बैठकमा नेकपाका नेताहरु खिनु लङगुवा, भक्त केसी, कान्छा लावती, सिन्धु राई, राम राई, विजय खम्बु, शान्त बस्नेत, प्रविण तिम्सिना, कुमार बराइली, प्रवास शर्मा आचार्य, देवेन्द्र शर्मा, सनम राई, मानबहादुर गुरूङ, प्रकाश परियार, एकराज घिमिरे, विनोद देवानलगायतको सहभागिता थियो ।
बैठकले जिल्लामा राजनीतिक तथा संगठनात्मक गतिविधिलाई सुदृढ बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरू समेत गरेको छ । सो सन्देश सभालाई जिल्लामा पार्टीको सक्रियता विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रस्तुत गरिएको छ

115 पटक हेरिएको 














