अनाथालय बस्ने चार जनाले पाए नेपाली नागरिकता


बुद्दमाया सोङ्मी  177 पटक हेरिएको

इलाम: इलाम नगरपालिका ९ गोलाखर्कको राहसाल बाल अनाथालय बस्दै आएको चार जनाले नेपाली नागरिकता पाएका छन् ।

नागरिक बन्ने हक संविधान र ऐनमै सुनिश्चित भएको बताउँदै जिल्ला प्रशासन कार्यालय इलामकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुनिता नेपालले ती युवाहरूलाई नागरिकताको प्रमाणपत्र दिएका हुन ।

प्रमुख जिल्ला अधिकारी नेपालले भनिन् ‘राज्यको मूल प्रवाहबाट कोही पनि वञ्चित हुनु हुँदैन । आज यी युवाहरूले नागरिकता पाएसँगै उनीहरूको भविष्यको ढोका खुलेको छ । अब उनीहरूले ढुक्क भएर आफ्नो वृत्तिविकासमा लाग्न पाउनेछन् ।’

वर्षौपछि नागरिकता पाएपछि युवाहरुको मुहारमा खुशी छायो । नागरकिता बोकेरै प्रमुख जिल्ला अधिकारसँग सम्झनाको फोटो खिचे । नागरिकता पाएसँगै उच्च शिक्षा र रोजगारीका अवसरको बाटो तय भएको अनाथलयकी अध्यक्ष माया भट्टराईले बताइन् ।

नागरिकताका लागि लामो कानुनी संघर्ष गर्नु परेको बताउँदै उनले खुशी हुँदै भनिन्  ‘अब बालबालिकाको नाममा बैख खाता खोल्न सजिलो भएको छ । विदेश भ्रमण वा निजी क्षेत्रमा निर्धक्क भएर काम गर्न सक्नेछन् ।’

विक्रम सम्बत २०६६ सालमा स्थापना भएको राहसल बाल अनाथालयले विगत १५ वर्षदेखि असहाय र अनाथ बालबालिकालाई आश्रय दिँदै आएको छ । हाल यहाँ धेरै बालबालिकाहरू आश्रित छन्, जसले भविष्यमा क्रमशः उमेर पुगेपछि कानुनी प्रक्रिया पूरा गरी नागरिकता पाउने अपेक्षा रहेको अध्यक्ष भट्टराईको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार