‘निवार्चन प्रहरी’ भर्ना खुल्यो, सम्पूर्ण जानकारी हेर्नुहोला !


सेवारो खबर  133 पटक हेरिएको

इलाम: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निवार्चन प्रहरी भर्ना खुलाएको छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन अस्थायी निर्वाचन प्रहरी भर्ना खुलाएको हो ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले जारी गरेको सूचनामा १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी आवश्यक पर्ने जनाएको छ ।

निर्वाचन प्रहरीलाई निर्वाचनको समयमा मतदान केन्द्र, मतपेटिका ढुवानी, सुरक्षा व्यवस्थापन तथा निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधिमा जनशक्ति परिचालन गरिने बताइएको छ ।

भर्ना हुन पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

सूचनाअनुसार सार्वजनिक बिदाका दिनसमेत दर्खास्त फाराम दिन सकिनेछ । इच्छुक उम्मेदवारलाई आवेदन दिन थप सहजता प्रदान गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्वाचन प्रहरीका रूपमा भर्ना हुने जनशक्तिलाई निर्वाचन आचारसंहिता, सुरक्षा व्यवस्था, मतपेटिका सुरक्षा, भीड व्यवस्थापन तथा आकस्मिक परिस्थितिमा अपनाउनुपर्ने उपायसम्बन्धी आवश्यक तालिम प्रदान गरिने छ ।

सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ । सोही रणनीतिअनुसार निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको हो ।

निर्वाचन प्रहरी भर्नासम्बन्धी थप विवरण, योग्यता, मापदण्ड तथा आवेदन प्रक्रिया प्रहरी प्रधान कार्यालयको आधिकारिक सूचनामार्फत सार्वजनिक गरिएको छ ।

सूचना जस्ताको तस्तै :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार