
जीतपुर: सुकबहादुर लोरिङ्देनलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङको देउमाई नगरपालिका इलामको तेस्रो अधिवेसन शुक्रबार सम्पन्न भएको छ ।
अधिवेसनले शाखाको उपाध्यक्ष मुनाकिरण लिम्बू, सचिव भीमसेन योङहाङ, सहसचिव जगत बेघा, कोषाध्यक्ष विष्णुमाया चेम्जोङ लिम्बुलाई छनौट गरेको छ ।
यस्तै सदस्यहरुमा सन्देश मोरोहाङ लिम्बू, मनिशा लिम्बू, एल्जिना लिम्बू, याम लोरिङदेन, र तेजेन्द्र लिम्बू रहेका छन् ।
पूर्ण चन्द्र लिम्बुको अध्यक्षतमा भएको अधिवेसन उद्घाटन समारोहमा प्रमुख अतिथि किरात याक्थुश्र चुम्लुङ जिल्ला अध्यक्ष बुद्दमाया सोङ्मी, प्रदेश सभा सदस्य गोबिन्द गिरी लिम्बू विद्यार्थी मज्ञ्चका बरिष्ठ उपाध्यक्ष राम लिङदमले बोल्दै राज्यले सबैको पहिचान र अस्तित्वलाई स्वीकार गर्नु पर्नेमा जोड दिए ।

185 पटक हेरिएको 











