इलाम: किरात याक्थुङ चुम्लुङ इलाम नगरपालिकाको तेस्रो नगर अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले युवराज योङहाङको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ ।
उपाध्यक्ष हर्कबहादुर लिङलम, सचिव लीलादेवी लिङदेन, सहसचिव मनोज थेगिम, कोषाध्यक्ष रेखा बेघालाई छनौट गरेको छ ।
यस्तै सदस्यहरुमा भीम लोक्ताम, योगेन्द्र लावती, दुर्गा थेगिम, भीम लावती, इक्सा लङ्वा, कुरामा फत्र, बिनिता लिम्बू, पदम सम्बाहाम्फे र सृष्टी कुरुम्बाङ रहेका छन् ।
राम लिङदमको अध्यक्षतमा भएको अधिवेसन किरात याक्थुश्र चुम्लुङ जिल्ला अध्यक्ष बुद्दमाया सोङ्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

108 पटक हेरिएको 











