रास्वपाले टुङ्ग्यायो इलामको उम्मेद्वार


सेवारो खबर  82 पटक हेरिएको

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलामको उम्मेद्वार टुङ्गो लगाएको छ । जिल्लाको प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा बिमल गदाल र क्षेत्र नम्बर २ मा युवा नेता गोकुल राईलाई उम्मद्वार बनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार अबेरसम्ममा कोशी प्रदेशका २८ मध्ये २२ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । तर मोरङ–४, धनकुटा, उदयपुर–२, पाँचथर, भोजपुर र खोटाङमा अझै उम्मेदवार टुङ्गो लाग्न बाँकी छ ।

पार्टीले झापामा वरिष्ठ नेता बालेन शाहलाई उठाएको छ ।

मोरङ
१. यज्ञमणि न्यौपाने
२. कृष्णकुमार कार्की
३. गणेश कार्की
५. आशा झा
६. रुविना आचार्य

झापा
१. निशा डाँगी
२. इन्दिरा राना
३. प्रकाश पाठक
४. शम्भु ढकाल
५. बालेन शाह

सुनसरी
१. सरिन तामाङ
२. लालविक्रम थापा
३. अशोक चौधरी
४. दीपक साह

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार