सोङ्मीलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ इलामको नवौं अधिवेसन सम्पन्न


सेवारो खबर  241 पटक हेरिएको

इलाम: बुद्दमाया सोङ्मीलाई अध्यक्ष बनाउँदै किरात याक्थुङ चुम्लुङ इलामको नवैं अधिवेसन बिहिबार सम्पन्न भएको छ ।

अधिवेसनले याम माबोहाङ लिम्बू र संगीता थलङलाई उपाध्यक्ष छनौट गरेको छ । सचिव राम लिङ्दम सहसचिव रुद्र थेबे र अतित योङहाङलाई बनाएको छ ।

काषाध्यक्षमा माया लिम्बूलाई चयन गरेको छ । शाखाका सदस्यहरुमा नविनसुन्दर सेर्मा, फूलकुमारी सेर्मा, डम्बरबहादुर लिम्बू, खगेन्द्र योङहाङ, मन बहादुर लिम्बू, गोबिन्द लिम्बू, शीब थेगिम, दुर्गा थेगिम, रामबीर जबेगु लिम्बू र कुमार फत्र लिम्बूलाई सर्वसम्मत छनौट गरेको छ ।

अधिवेसनले राम योङहाङ र एञ्जेस येक्तेनलाई राष्ट्रीय चुम्लुङ सदस्य बनाएको चुम्लुङ संघीय सचिव अभिषेक येकतेन संयोजक रहेको निर्वाचन मण्डलले छनौट गरेको छ ।

किरात याक्थुङ चुम्लुङ संघीय उपाध्यक्ष चन्द्र आङ्देम्बेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चुम्लुङ संघीय सचिव अभिषेक येक्तेन, केन्द्रीय सदस्य विष्णु तुम्बापो, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश उपाध्यक्ष तिर्थ साउदेन, सदस्य पदम ताम्लिङ, राष्ट्रीय चुम्लुङ सदस्य प्रेम जबेगु, सरस्वती तुम्बाहाम्फे लगायतको उपस्थीति रहेको थियो ।

कार्यक्रम उद्घाटन अघि विभिन्न झाँकी केलाङ सहित बसपार्क देखि सिटीहलसम्म नारा जुलुस सहित र्याली सम्पन्न गरेका थिए ।  र्यालीमा मुक्कुमलुङ अतिक्रमण बन्द गर । प्रदेशको नाम कोशी मान्दैनौ । लगायतको नारा लगाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार