इलाम: ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा नो केबलकारको पक्षमा सोमबार विभिन्न जिल्ला एक साथ कोण सभा हुने भएको छ।
मुक्कुमलुङ ताङसेप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले मुक्कुमलुङ क्षेत्रमा बेलकार निर्माणको बिरुद्दमा कोणसभा हुने जनाइएको छ ।
कोणसभा ताप्लेजुङ, पान्थर, तेह्रथुम, इलाम, धनकुटा, संखुवासभा, सुनसरी, मोरङ र झापासहित मेची राजमार्ग र तमोर करिडोरका विभिन्न स्थानमा कोणसभा (फुइलिङ, गणेशचोक, फेदेन, राके, इलाम, फिकल भेडेटार, धरान, बेलबारी, दमक, विर्तामोड, मेयइलुङ, धनकुटा र खाँदबारी लगायतका स्थानहरुमा कोणसभा गर्ने घोषित कार्यक्रम हो।
सरकारले लामो समयदेखि ‘नो केबलकार समुह’को पक्षको मागलाई सम्बोधन नगरेपछि फेरि आन्दोलनको घोषणा गर्नु परेको खगेन्द्र फेम्बुले बताएका छन् ।
‘राज्यले एउटा व्यापारीको पक्षमा लागेर हाम्रो संस्कृतिको तहसनहस गरेको छ । हामीले आफ्नो अधिकार खोज्दा राज्यले दमन गरेको छ । छातीमा, तिघ्रामा गोली हानेको छ । घरघरमा गएर गोली हानेको छ । अदालतमा मुद्दा लगाएर दुख दियो’, फेम्बुले भने,‘हामी मुकुमलुङ युमामाङ र पाथीभरा देवीको कसम खाएर भन्छौं प्राकृतिक स्रोतसाधन जैविक विविधता संरक्षण गर्नको निम्ति सास रहेसम्म लोकतान्त्रिक विधि पद्धतिअनुसार आन्दोलन गछौं, आवाज उठाउँछौं ।’
आन्दोलनरत समूहले वितरण गरेको जानकारी पत्रमा आन्दोलनको क्रममा गम्भीर मानव अधिकारको उल्लंघन भएको दाबी गरेको छ । मानव अधिकार उल्लंघन गर्नेलाई राज्यले कुनै पनि किसिमको कारबाही र केबुलकार खारेज नगरेकोले फेरि आन्दोलनको कार्यक्रम सार्वजनी गर्न बाध्य भएको उल्लेख गरेका छन् ।
राज्य तथा केबलकार पक्षले केवलकार निर्माणको लागि अझै पनि जवर्जस्ती गरिरहेको छ । यसर्थ, मुक्कुमलुङ क्षेत्रको संरक्षण, केबलकार खारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, सशस्त्र प्रहरी मुक्कुमलुङ क्षेत्रबाट फिर्ता, मुक्कुमलुङ संरक्षणकारीहरूलाई लगाइएका मुद्दा खारेजी, र राज्य तथा केबलकार पक्षबाट भएका गम्भीर प्रकारका मानवअधिकार उलङ्घन र हनन् गर्ने दोषीहरूमाथि कार्वाही गरिनुपर्ने सवालहरूमा ६ वर्षदेखि भइरहेको आन्दोलनलाई निरन्तरता दिँदै अझ सशक्त बनाउन आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको जानकारी पत्रमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा आउँदो पुस २२ देखि ताप्लेजुङका विभिन्न स्थानसहित सबै जिल्लाका गाउँघरमा भेला तथा छलफल सञ्चालन गर्ने ।
माघ १४ गतेदेखि मेची राजमार्ग र तमोर करिडोरमा विरोध प्रदर्शन तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
माघ १६ गते फुङ्लिङमा जनप्रदर्शन र कोणसभा गर्ने र १७ गते ताप्लेजुङ फुङ्लिङमा आन्दोलनमा घाइते भएकाहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।
माघ १८ गते, हाक्पारे (कान्छीयान) देखिमाथि मुक्कुम्लुङ माधान स्थलसम्म धागो टांग्ने कार्यक्रम गर्ने र १९ गते मुक्कुम्लुङ क्षेत्रमा विरोध प्रदर्शन र कोणसभालगायतका कार्यक्रम गर्ने जानकारी गरए ।
१४ विभिन्न संस्था र ९ अन्तर राजनीतिक दलका नेतृत्वले हस्ताक्षर गरेको जानकारी पत्रमा माघ २० गतेदेखि माघ मसान्तसम्म मुक्कुमलुङ संरक्षणको लागि केवलकार खारेजी, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी गर्नुपर्ने । सशस्त्र प्रहरी मुक्कुमलुङ क्षेत्रबाट फिर्ता गर्नुपर्ने ।
मुक्कुमलुङ संरक्षणकारीहरूलाई लगाइएका मुद्दा खारेजी र राज्य तथा केवलकार पक्षबाट भएका गम्भीर प्रकारका मानव अधिकार उलङ्घन र हनन् गर्ने दोषीहरूमाथि कार्बाही गरिनु पर्ने सवाललाई निर्वाचनको एजेण्डा बनाएर गाउँबस्तीमा लैजाने अभियान निरन्तर चलाउने जानकारी गराए ।
गएको वर्ष २०८१ फागुन १० गते भएको प्रदर्शनमा ९ जना घाइते १८ जना पक्राउ परेका थिए । यसै घटनालाई नो केबुलकार समूहले मानवता विरोधी फुङलिङ काण्ड भन्दै आन्दोलन स्थगित भएको बताइएको थियो ।

181 पटक हेरिएको 











