मरेको मानिसको गोजिमा फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?


सरिता राई  245 पटक हेरिएको

विद्यार्थी राजनीतिमा सक्रीय एक युवा भनेर चिनेको हिजै जस्तो लाग्छ । महेन्द्र रत्न बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष बिशाल कार्किको शुक्रबार बिहान १० बजे हृदयघातका कारण मृत्यु भएको छ । २०७४ सालमा देउमाई नगरपालिका १ बाट स्नातक तहमा अध्ययन गर्न महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम आउँदा पहिपटक भेट भएको थियो । पहिलो भेट नै क्याम्पस भर्ना गर्न सहयोगबाट भएको थियो । गाउँको सामान्य कलेजबाट एकैपटक सदरमुकामकको क्याम्पस आउँदा त्यहाँको वातावरण, रहनसहन बुझ्न  थोरै सहस्या हुने नै भयो । त्यस्तो अवस्थामा विद्यार्थीहरुलाई सहज वातावरण बनाईदिने अभिभावक, सहयोगी र मेन्टरको रुपमा उपस्थित हुने विशेष क्षमता भएको व्यत्ति हो, विशाल कार्की ।

उर्जाशील, मिलनसार, मिहेनती र विद्यार्थिहरुका हक अधिकारका लागि सदैव अग्रपङ्तीमा उभिने नेता हुन । स्नातक तह अध्ययनका लागि मरब क्याम्पस आएलगतै अनेरास्ववियुको प्रारम्भिक कमिटी हुदै सचिव र अध्यक्षको जिम्मेवारी समेत सम्हालिरहेका थिए । पछिल्लो समय मरब क्याम्पस, इलामलाई एउटा गुणस्तरीय शैक्षिक एवम प्राज्ञिक थलो बनाउने उद्देश्य सहित ३ दिने शैक्षिक महोत्सवको आयोजनाको तिव्र तयारीमा लागिरहेका थिए । जुन महोत्सव आसन्न निर्वाचनको कारण पछिलाई सारिएको थियो । उनको त्यो उद्देश्यले निरन्तरता पाउला या नपाउला त्यो भन्न सकिन्न, तर त्यो उनको सपना पुरा होस ।

म बेला बेला प्रश्न गर्थे दाई यति ट्यालेन्ट हुनुहुन्छ जागिर नगर्ने हो र ? बैनी त्यो मेरो विकल्पमा मात्र पर्छ मेरो पहिलो रोजाई नै राजनीति हो । बेलाबेलामा मलाई मार्क्सवाद पढाईरहनु हुन्थ्यो । देशको राजनीति मात्र नभएर अन्तराष्ट्रीय राजनीतिको खुब चासो गरिरहनु हुन्थ्यो । यतीको क्षमतावान, लगनशिल, इमान्दार, वफादार युवा नेता अनेरास्ववियुले सायदै पाउला । राजनीतिमा मात्र  नभएर उनि गजल, कविता लेखन र संगीतमा समेत रुचि राख्दथे ।

जाँदाजाँदै उनले मन पराएको बुद्धिसागरको कविता

मरेको मानिसले

पछाडी फर्केर आँसुले टिलपिल भएका

आफन्तका आँखाहरु हेर्छ कि हेर्देन ?

मरेको मानिस

हिँड्छ कति कोस, कति जुनी ?

कुन नदिको किनारमा

नुआउँछ चिसो पानीले,

र धुन्छ  गालाचरी बसेका

आँसुका धमिला धर्साहरु,

मरेको मानिस रुन्छ की रुदैन ?

के के लैजान्छ

मरेको मानिसले आफनो झोलामा

जिवनकालभरी सबैबाट जोगाएका स्मृतीहहरु ?

प्हिलोपल्ट ललेखेको प्रेममत्र ?

पहिलोपल्ट हिडेका हिडाई ?

प्रिय किताब ?

परिवारको सामुहिक तस्बिर ?

पहिलोपल्ट सन्तानले बोलेको

आफनो नाम ?

कि जान्छ सबै छाडेर

बिर्सिएर सवथोक,

आत्मबाट मेटाएर

जिवनले कोरेका चित्र र अक्षरहरु ।

मरेको मानिसले

आकाशगंगाको डिलमा उभिएर

मुटुबाट सम्बन्धका ध्वजाहरु

फुकाउँछ कि पफुकाउँदैन ?

अन्तिमपल्ट

धर्तितीर फर्किएर,

एकजुनी जिवनमा आफुसँग गाँसिएका

सबै सबैलाई सम्झिएर

मुस्कुराउँछ कि मुस्कुराउँदैन ?

मरेको मानिसको

गोजिमा

फर्किएर आउने ठेगाना हुन्छ कि हुँदैन ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार