
जीतपुर: इलाम देउमाई नगरपालिका ८ को झ्याउँ पोखरी बुद्द बिहारको शनिबार चौथो साधारण सभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष तेजकुमारी मगरको अध्यक्षतामा भएको साधारणसभा २४ लाख ४ हजार ६ सय ३८ बराबरको आयव्यय प्रस्तुत भएको थियो ।
संस्थाले प्रदेशको पर्यटन तथा वातावरण मन्त्रालयको १६ लाख र नगरपालिकाको १० लाख अनुदानमा बुद्धबिहार गुम्बा निर्माण गरिरहेको छ । प्राप्त अनुदान रकमले एक तले भवनको छत ढलान मात्र पुरा भएकोले निर्माण पुरा नभई अलपत्र अवस्थामा रहेको संस्थाका भोजराज मगरले जानकारी गराए ।
वडा अध्यक्ष चन्द्र मगरको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा स्थानीय सरोकारवालाको उपस्थीति रहेको थियो ।

78 पटक हेरिएको 











