लिम्बुलाई पुन अध्यक्ष बनाउँदै किराँत याक्थुङ चुम्लुङ विराटनगरको सातौं अधिवेसन सम्पन्न


सेवारो खबर  69 पटक हेरिएको

बिराटनगर: किराँत याक्थुङ चुम्लुङ विराटनगरको सातौै अधिवेसन टिका प्रसाद लिम्बुलाई पुन अध्यक्ष बनाउँदै शनिबार सम्पन्न भएको छ ।

अधिवेसनले उपाध्यक्षमा शरण कुमार यक्सो र दुर्गाप्रसाद तुम्रोकलाई चयन गरेको छ । सचिवमा लक्ष्मी मेन्याङ्बो, सह सचिवमा मिलन नेम्वाङ छानिएका छन्। यसैगरी, कोषाध्यक्षमा चुडामणि योेक्पाङदेन, सह कोषाध्यक्षमा धर्मा देबि सेवाङ्ग रहेका छन्।

सदस्यहरूमा भलि सुब्बा, सरिता लिम्बू, किरण तुम्रोक, तारा तुम्रोक, गौरी तुम्बाङफे, मङ्गल चेम्जुङ, तीर्थ लिम्बु छन् ।

अधिवेशनले किराँत याक्थुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार