
इलाम: सबै पक्षले निर्वाचन आचारसंहिता पालना गरेर स्वच्छ निर्वाचनमा सहयोग पर्याउँनु पर्ने मंगलबार इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।
उनिहरुले जिल्ला निर्वाचन कार्यालय मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको राजनीतिक दल, उम्मेद्वार र सञ्चारकर्मीको अन्तरकृया कार्यक्रममा सहभागीले निर्वाचन आचारसंहिता पालना इमान्दार पूर्वक नभएको गुनासो समेत गरे ।
अन्तरकृयामा नेपाली कांग्रेसका निरोज खड्गीले आचारसंहिता इमान्दारपूर्वक पालना नगरेको बताए । उनले निर्वाचन आचारसंहिता पालन नगर्ने दल तथा उम्मेद्वारलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मार्फत कार्बाहीको दायरा ल्याउँनु पर्नेमा जोड दिए ।
‘निर्वाचनमा अध्यधिक मात्रामा राष्ट्रिइ झण्डाको दुरुपयोग भएको छ कांग्रेसका खड्गीले भने यसको नियन्त्रण कसले गर्ने । चुनावी माहोलको सुरक्षा सुनिश्चिततामा शंका लागेको छ ।’
नेकपा एमालेका जीवन शर्माले आफ्नो दल आचारसंहिता पालनामा इमान्दार रहेको बताए । उनले निर्वाचन आचारसंहिता अनुगमन समूहले कृयाशिलता बढाउँनु पर्नेमा जोड दिए ।

नेपाली कम्युनिष्ठ पार्टीका प्रवासले पार्टीले प्रयोग गर्ने झण्डा बाजागाजाको विषयमा आचारसंहिता स्पष्ट नभएको बताउँदै आचारसहिता पालना गर्ने विषयमा आफ्नो दल स्पष्ट रहेको जानकारी गराए ।
जनता समाजवादी पार्टीका छिकिन तामाङले राज्यका सबै सम्यन्त्रले सबै राजनीतिक दल र उम्मेद्वारलाई समान व्यवहार गर्नुपर्ने सुझाए । उनले आचारसंहिता उल्लघन गरेपनि ठूला दलका लागि आँखा चिम्लिने प्रबृती हटाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।
अन्तरकृयामा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चन्द्रमणी गौतम, नेपाल जनमुक्ति पार्टीका यामबहादुर योङहाङ, जनमुक्ति पार्टीका पवित्रा तुम्बाहाम्फे लिम्बूले सबै दल र उम्मेद्वारलाई समतामुलक ढंकले व्यवहार गर्नु पर्नेमा जोड दिए ।
जिल्ला निर्वाचन आयोगका प्रमुख देविचरण फूएलले आचारसंहिताका विषयमा राखेको जानकारीका विषयमा सञ्चारकर्मी सोम सुशेलीले आचारसंहिता जिल्लाको सबै वडामा उल्लंघन भएको देखिन्छ यसको नियमन प्रभावकारी ढंगले हुन नसकेकोमा ध्यानाकर्षण गराए ।
अन्तरकृयामा मुख्य निर्वाचन अधिकृत इलाम जिल्ला अदालतका न्यायधिस रोशन गजुरेल, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, रणशार्दुल गणका गणपति ओजस्वी जंग शाही. जिल्ला प्रहरी कार्यालयका एसपी कुलदिप चन्द. सशस्त्र प्रहरी बल नेपाल १ नम्बर गण इलामका केशवराज प्याकुरेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका सुशान्त बराल, इलाम जिल्ला अदालतका निरज पोखरेल, राजनीतिक दलका प्रतिनीधि उम्मेरद्वार र सञ्चारकर्मीहरुको उपस्थीति रहेको थियो ।

49 पटक हेरिएको 











