मनोबिमर्शकर्ता महासंघ, नेपालको प्रदेश अध्यक्षमा थेबे


सेवारो खबर  327 पटक हेरिएको

बिराटनगर: रुद्र थेबेलाई कोशी प्रदेश अध्यक्ष बनाउँदै मनोबिमर्शकर्ता महासंघ, नेपालको प्रथम अधिवेसन बिहिबार सम्पन्न भएको छ ।

महासंघको उपाध्यक्ष मञ्जिता उपाध्याय, सचिव मणि केरुङ र कोषाध्यक्ष जानुका कार्कीलाई निर्विरोध छनौट गरेको छ ।

सदस्यहरुमा प्रदिप पुरी, गिताञ्जली शर्मा, कविता मण्डल, पुजा भण्डारीलाई चयन गरेको छ । एक जना सदस्य भने उपस्थीति नरहेको पहाडी क्षेत्रबाट कार्य समितिले पछि छनौट गर्ने बताइएको छ ।

सामाजिक विकास मन्त्री रामप्रसाद मेहत्ता अधिवेसन तथा तस्रो भेलामा मञ्जिता उपाध्यायले मनोविमर्षकर्तारुको समस्या चनौति र अवसरको लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।

मनोविमर्षकर्ताहरुको भेलाको उदेश्य औचित्य महत्व गतिविधिका बारेमा मणि केरुङले सांगठनिक प्रतिवेदन पेश गरेको बताइएको छ ।

अधिवेशनका अवसरमा प्रदेश स्वाथ्य मन्त्रालयको सचिव डाक्टर यदुचन्द्र घिमिरे, सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारीको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार