इन्सेकले बिहिबार नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२६ सार्वजनिक गर्ने


सेवारो खबर  109 पटक हेरिएको

काठमाडौं : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२६ सार्वजनिक गर्ने भएको छ। इन्सेकले प्रजातन्त्र दिवस अवसर पारी बिहीबार दिउँसो जाउलाखेलमा वर्ष पुस्तक सार्वजनिक गर्न लागेको अध्यक्ष विजयराज गौतमले जानकारी दिए।

नका अनुसार सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को विमोचन समारोह मानव अधिकार आयोगका पूर्व आयुक्त तथा शताब्दी पुरुष गौरीशंकर लाल दासको प्रमुख आतिथ्यमा आयोजना गरिएको गौतमले बताए।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ मा सन् २०२५ मा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्य तथ्याङ्क समावेश गरिएको छ।@annapurnapostबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार