मतदान सम्बन्धि दुविधा छ, तोकिएको नमुना मतदान केन्द्रमा मतदान गर्न सिक्नुहोस

समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम


सरिता राई  262 पटक हेरिएको

इलाम: इलाममा गैर सरकारी संस्था महासंघको संयोजकत्वमा समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम बुधबार शुरु भएको छ

महिला, कानुन र विकास मञ्च काठमाण्डौंको आर्थिक सहकार्यमा मतदाता शिक्षासँगै नमुना मतदान समेत सञ्चालन भइरहेको जनाइएको छ ।

मतदान सम्बन्धि कुनै पनि दुबिधा भएमा तोकिएको नमुना मतदान केन्द्रमा गएर मतदाता शिक्षा लिदै नमुना मतदानमा सहभागी भई मतदान गर्न सिक्न सकिने महासंघले जनाएको छ ।

महासंघले इलाम नगरपालिका वडा नम्बर ६ र सन्दकपुर गाउँपालिका वडा नम्बर ३ मा बुधबार मतदाता शिक्षासँगै नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्थानीय नागरिकहरुको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा सय बढी नागरिकले मतदानमा सहभागी हुँदै मतदाता शिक्षा ग्रहण गरेको महासंघ अध्यक्ष भक्त थामीले जानकारी गराए ।

कार्यक्रममा सहभागी सर्वसाधारण नागरिकलाई मतदानको महत्व अधिकार र मतदाताको दायित्वका बारेमा जानकारी गराइएको थियो ।

मतदान स्वतन्त्र र गोप्य हुनुपर्ने । मतदान स्थलमा यसको व्यवस्थापन, अपाङ्गता भएका व्यक्ति, गर्भवती, ज्यष्ठ नागरिक, बिरामी, सुत्केरी, किरियापुत्री, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायतलाई प्राथमिकताका आधारमा मतदान गराइने विषयमा जानकारी गराइएको महासंघ अध्यक्ष थामीले बताए ।

विशेष अवस्थाका मतदाताको अधिकार मतदान गर्ने दिनमा आयोगले तोकेको समयमा मतदान स्थलमा पुग्नु पर्ने । मतदान स्थलमा प्रवेश गर्दा अपनाउँनु पर्ने नियम, लाइनमा बस्नु पर्ने नियमका विषयमा समेत जानकारी गराइएको बताइएको छ ।

मतदानको ८ चरणका विषयमा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण योङहाङले मत पत्रको बारेमा जानकारी गराउँदै सदर मत, बदर मत र मत पत्र पट्याउँने तरिकाको बारेमा जानकारी गराए ।

कार्यक्रमा फागुन १५ गते  सूर्योदय नगरपालिका वडा नम्बर १० मा बिहान ११ बजे, फागुन १६ गते  बिहान ११ बजे देउमाई नगरपालिका वडा नम्बर ३ र फागनु १७ गते माईजोगमाई गाउँपालिका वडा नम्बर ५ मा बिहान ११ बजे नमुना मतदान सहित समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक विद्या सापकोटाले जानकारी गराइन् ।

कार्यक्रम तालिका

मतदाता शिक्षा सम्बन्धि थप जानकारी पस्तुतिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार