‘इलाम २ प्रतिनीधिसभा निर्वाचन : असहज अवसरमा संस्थागत हुने मौका’


सेवारो खबर  115 पटक हेरिएको

इलाम: मतदान गर्ने दिन नजिकिदै छ । सबै तिर चुनावी  माहोल छ । घरपरिवारको चिया गफहुँदै साथीभाई भेटघाट, मेलापात, चोक, बजार, पसल, चौतारा सबै क्षेत्रमा निर्वाचनको कुरा सुन्न पाइन्छ । यस्ता गफमा कुन उम्मेद्वार कस्तो, पार्टी कस्तो, के गर्न सक्छ र के गर्न सक्दैन् भन्ने विषयमा छलफल हुने गरेको स्थानीय बताउँछन ।

सबै पार्टीका उम्मेद्वार आफुलाई जीताउँन मतदाताको घरदैलोमा पुगिरहेका छन् । साना साना समूहमा मत माग्ने कार्यक्रम गरिरहेका छन् । इलाम प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा ठूला चुनावी आमसभा चाहिँ देखिएका छैनन् ।

मतदाता भने नागरिकका समस्या बुझ्ने, विकासलाई प्राथमिकता दिने नेतृत्वको आशा गरेको पाइन्छ । खाश गरी भ्रष्टाचार नगरी नागरिकको सुखदुखमा साथ दिने नेतृत्व चाहिएको देउमाई जीतपुरका मतदाता भेषराज लिम्बू बताउँछन् ।

उनको बुझाईमा गाउँगाउँमा मतदाता बीच बिगतमा नेतृत्व गरेका नेता तथा कार्यकर्ताको विषयमा अझै बढी बहस हुने गरेको छ । त्यसैको आधारमा मत दिनु पर्ने एक अर्का बीचमा सूझाउँने गरेको पाइन्छ ।

नजिकिदै गरेको चुनावी माहोलको यो अवस्थालाई धेरैले असहज अवसरमा संस्थागत हुने मौकाको रुपमा हेर्ने गरेको मतदाताको बुझाई छ ।

इलाम क्षेत्र नम्बर २मा लामो समयदेखि संसदमा नेतृत्व गर्दै आएको नेकपा एमाले पार्टीलाई यसपटको निर्वाचनमा फेरि जीत हात पार्न त्यति सहज छैन । यसलाई मतदाताले असहज अवस्थाको रुपमा लिएको पाइन्छ ।

नेतृत्व सम्हालेपछि नागरिकले छुन सकिने, छाम्न सकिने, हेर्दा देख्न सकिने, खोज्दा भेट्न सकिने समग्र विकास र नेतृत्वको आशामा धोका भएको मतदाताको बुझाई छ । मतदाताको यो बुझाईलाई नतृत्वले खाशै ध्यान नदिएको दुखेसो छ ।

सुवास नेम्बाङदेखि छोरा सुहाङ नेम्बाङसम्मको उम्मेद्वारीलाई लामो समयसम्म बिरासतको राजनीतिको रुपमा बुझ्ने नेता कार्यकर्ता समेत पार्टी भित्रै भएकोले सुहाङको जीतमा स्थानीय कार्यकर्ता शंका व्यक्त गरेन थालेका छन् ।

फागनु २१ को निर्वाचन नेपाली कांग्रेसको ऐतिहासिक अवसरको रुपमा बुझ्ने पनि कम छैनन् । नेतृत्व फेर्नु पर्छ भन्ने मतदाताको संख्या पनि कम छैन् । मतदाताको यो बलियो बिचारले एमालेका नेतृत्वलाई सहज छैन भन्ने विषय पुष्टी हुन्छ । यहि बुझाईलाई बलियो आधार बनाई नेपाली कांग्रेसका उम्मेद्वार भेषराज आचार्यको विषयमा अवसरको रुपमा लिने गरेका छने । तर नेपाली कांग्रेस भित्रैको गटगत राजनीतिले आशंका सिर्जना गरेको मतदाताको भनाई छ ।

बिगतमा लामो समय नेपाली कांग्रेसमा राजनीति गरेका डम्बर खड्काको सभापतित्वमा मनोनित जिल्ला सदस्यले समेत पार्टी छोडेर श्रम संस्कृति पार्टीमा लागेकोले यसै भन्न सकिने अवस्था नरहेको नेपाली कांग्रेसकै स्थानीय कार्यकर्ता बताउँछन् ।

नेकपा एमाले र केपाली कांग्रेसको यस्तो अवस्थामा उदायिमान पार्टीको रुपमा रहेको श्रम संस्कृती पार्टीको भने संस्थागत हुने मौका मिलेको बताइन्छ । श्रम संस्कृति तर्फ धेरै मतदाताको रुझान देखिन्छ । किन कि नेतृत्व उनिहरुकै शब्दमा रिजल्ट दिने हुनु पर्छ । उनले जीते गरेर देखाउँछन् । भन्ने विश्वास मतदातामा छ । यो पार्टीका उम्मेद्वार सुदिप राई छन् ।

अरु भन्दा कम चर्चामा रहेको नेपाली कम्युनिष्ट पार्टी छ । उम्मेद्वार ओमबहादुर गुरुङ छन् । किन कि उसको संगठन समेत बलियो छैन । यसै बीचमा परीक्षण भइसकेको तर नयाँ भनिएको राष्ट्रीय स्वतन्त्र पार्टीको चर्चा भने कम छैन । धेरै मतदाताले रुचाएको पार्टी पनि हो ।

नेकपा माओवादी (विप्लव) का होमप्रासद खतिवडा सी, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश प्रसाद दुलाल, नेपाल जनमुक्ति पार्टीका यामबहादुर योङहाङ, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा तुम्बाहाम्फेले जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिं लिङदेन लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राई, मंगोल नेशनल अर्गनाइजेसनका श्याम बहादुर लिम्बू, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राईले आप्नो मतको सुरक्षामा अडिक भनिएको छ । डाक प्रसाद गौतमले भने स्वतन्त्र उम्मेद्वार हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार