गैसस महासंघको नमुना मतदानमा करीब ३ सय बढी सहभागी


सरिता राई  171 पटक हेरिएको

इलाम: गैर सरकारी संस्था महासंघ इलामले गरेको नमुना मतदानमा ३ सय १५ जना सहभागी भएका छन् ।

उनिहरु समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रमको नमुना मतदानमा सहभागी हुँदै मतदाता शिक्षा लिएको बताइएको छ ।

महिला कानून विकास मञ्चको आर्थिक सहयोगमा जिल्लाको इलाम, सुर्योदय, देउमाई नगरपालिकासँगै सन्दकपुर र माईजोगमाई गाउँपालिकामा नमुना मतदान सहित मतदाता शिक्षा कार्यक्रम गरेको गैर सरकारी संस्था महासंघ इलामका अध्यक्ष भक्तबहादुर थामीले जानकारी गराए ।

अध्यक्ष थामीका अनुसार मतदाता शिक्षासँगैको नमुना मतदानमा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा पहिलो पटक मतदान गर्ने मतदाता अति सिमान्तकृत समुदायको सहभागीले मतदान गर्न सिकेका थिए ।

कार्यक्रममा सहभागीलाई नमुना मतदानमा अभ्यास गराउँदै समुदायस्तरको मतदाता शिक्षामा मतदाता अधिकार र कर्तव्य, मतदान प्रक्रिया मतदान गर्दा हुनुपर्ने सचेतनाका बारेमा जानकारी प्रशिक्षक गायत्री थेगिमले सिकाइन् ।

अभ्यासँगै मतदानमा सदर मत र बदर मतका बारेमा जानकारी दिदै मत पत्र पट्याउँने सहि तरिकाका कार्यक्रमको फोकल पर्सन विद्या सापकोटाले सिकाइन् ।

यस्तै जिल्ला निर्वाचन कार्यालयले जिल्लाको ८१ वटै वडामा सामुदायिक महिला स्वाथ्य स्वयंसेविका मार्फत मतदाता शिक्षा आज आइतबार पुरा गरेको जनाएको छ । यसका लागि प्रत्यके वडामा कम्तिमा एक जना स्वाथ्य स्वयंसेविका परिचालन गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार