इलाम १ मा निश्कल र २ मा सुदिपको अग्रता कायमै


याम माबोहाङ लिम्बू  63 पटक हेरिएको

इलाम: इलामको प्रतिनीधिसभा निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । जारी मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस रुखका उम्मेद्वार निश्कल राई अगाडि देखिएका छन् । उनले ३९९ मत प्राप्त गरेका छन् ।

राईलाई पछ्याउँदै नेकपा एमालेका काजिमान कागतेले ३१८ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका बिनोद नेमबाङको १५८ मत मत रहेको छ ।

१२२६ मत गणना गरिएकोमा ९१ मत बदर भएको छ ।

इलाम १ को सम्पूर्ण मत परिणाम हेर्नुहोस

इलामको प्रतिनीधिसभा निर्वाचन क्षेत्र २ को चुलाचुली वडा नम्बर २, ३, ४, ५ र ६ को मणना सकिएको छ । मत परिणाम अनुसार श्रम संस्कृति पार्टी  सुदिप राईले अग्रता कायम राखेका छन् । उनले २९०७ मत पाएका छन् ।

नेकपा एमालेका सुहाङ नेम्बाङले २४७९ मत ल्याउँदै दोस्रो स्थानमा छन् ।  तेस्रोमा नेपाली कांग्रेसका भेषराज आचार्यले १२३१ मतले पछ्याई रहेका छन् ।

८ हजार ७ सय ४२ गणना भईसकेकोमा ५५६ मत बदर भएको छ ।

इलाम १ को सम्पूर्ण मत परिणाम हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार