इलाम: प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ इलामको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबीच निरन्तर कडा प्रतिस्पर्धा छ।
हालसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका निष्कल राईले १२ हजार १ सय ३० मत सहित सबै भन्दा अगाडि छन् । उनले श्रम संस्कृति पार्टीका बिनोद नेम्बाङलाई ५ सय ३९ मतले पछि पार्दै अग्र स्थान कायम गरेका छन् । नेम्बाङले ११ हजार ५ सय ९१ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले) का काजीमान कागतेले १० हजार ९ सय ५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ७ हजार ९ सय ३६ मत प्राप्त गरी चौथो स्थानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ६ हजार ३ सय ५७ मतसँग पाँचौं स्थानमा छन्।
निर्वाचन कार्यालयका अनुसार इलाम–१ मा हालसम्म ५४ हजार ९ सय ९१ मत गणना हुँदा ३९१२ मत बदर भएको निर्भवाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर १ मा भएका ३९ वडा मध्ये यो समाचार तयार पर्दासम्ममा सूर्योदय नगरपालिका वडा नम्बर १० मत गणना जारी छ । बाँकी ५ वडाको गणना भइसक्दा अन्तिम नतिजा आउँने बताइएको छ ।
समग्र मत परिणाम


67 पटक हेरिएको 














