
इलाम: इलाम १ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम बरखरै सार्वजनिक भएको छ । मत परिणाम अनुसार इलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् ।
नेपाली कांग्रसका तर्फबाट यो जीत अढाई दशकपछिको सफलता हो । उनले श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई ९ सय ११ मतले पछि पार्दै संसद यात्रा सुनिश्चि गरेका हुन ।
राईले १४ हजार ५ सय ४३ मत प्राप्त गरे । नेम्बाङले १३ हजार ६ सय ३२ मतसँगै दोस्रो स्थान सुरक्षित गरे ।
तेस्रोमा नेकपा एमाले काजिमान कागतेले ११ हजार ९ सय ६६ मत पाए ।
हराउँदै राई निर्वाचित भएका हुन् । आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदालले ९ हजार १ सय ६० मत प्राप्त गरेका छन् ।
इलाम क्षेत्र नं १ मा २०५६ साल बाहेक अन्य निर्वाचनमा नेपाली कांग्रेसले जित निकाल्न सकेको थिएनन् । २०५६ सालमा कांग्रेसका बेनुपराज प्रसाईले झलनाथ खनाललाई हराएका थिए । बामपन्थीको पकड क्षेत्र इलाम–१ मा हालसम्म खनाल र महेश बस्नेत बिजयी बनेका थिए ।
इलाम १ को अन्तिम मत परिणाम

को हुन निश्कल राई ?
निश्कल राई लामो समयदेखि नेपाली कांग्रेस को संगठनात्मक राजनीतिमा सक्रिय रहेका नेता हुन् । विद्यार्थी राजनीति र स्थानीय संगठन निर्माणबाट राजनीतिमा अघि बढेका राई पार्टीभित्र क्रमशः स्थापित भए ।
पार्टीको १४औँ महाधिवेशनका क्रममा उनी इलाम–१ (ख) प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए । यो जितले उनलाई इलाममा कांग्रेसको युवा नेतृत्वका रूपमा स्थापित गर्यो । त्यसपछि उनले गाउँ–गाउँमा संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय मुद्दामा सक्रियता बढाएका थिए ।
निर्वाचन अभियानका क्रममा राईले इलामको कृषि, चिया उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएका थिए। इलामको आर्थिक विकास स्थानीय उत्पादन र पर्यटनसँग जोडिएको भन्दै उनले यी क्षेत्रलाई सुदृढ बनाउने योजना अघि सारेका थिए ।

88 पटक हेरिएको 














