नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिवेशन ह्योल्मोलाई अध्यक्ष निर्वाचित गर्दे सम्पन्न


सेवारो खबर  85 पटक हेरिएको

काठमाण्डौं: नेपाल आदिवासी जनजाति महासंघको ११ औ महाधिवेशन निमा लामा ह्योल्मोलाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको छ ।

महाधिबेशनले  एक वरिष्ठ उपाध्यक्ष,  महासचिव, कोषाध्यक्ष,  ७ उपाध्यक्ष र ८ सचिव लगायतका  पदाधिकारी सहितको २१  सदस्यीय नयाँ सचिवालय निर्वाचित गरेको  छ ।

नव निर्वाचित अध्यक्ष निमा लामा ह्योल्मो बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री हुन ।  ह्योल्मो समुदायबाट पहिलो पटक मन्त्री बन्नु भएका ह्योल्मो बिगत २५ बर्ष देखि आदिवासी जनजाति सवालमा सक्रिय छन् ।

संयुक्त राष्टसंघीय आदिवासी स्थायी मन्च, जलवायु परिवर्तन सम्बन्धि अन्तराष्टिय सम्मेलनमा समेत उनले प्रतिनिधित्व गरी सकेका छन् ।

उनकै पहलमा संयुक्त राष्टसंघका विशेष समाधिक्षक जेम्स अनायालाई नेपाल भ्रमण गराउन बिशेष भूमिका निर्वाह गरेको बताइन्छ ।

उनि महासंघको एक कार्यकाल विदेश सचिव र कार्यबाहक अध्यक्षको अनुभव छ।

महासंघद्धारा गठन भएको निर्वाचन आयोगका संयोजक अधिवक्ता रामजी कोंग्रेनका अनुसार किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचोलाई पराजित गरी ह्योल्मो निर्वाचित भएका हुन ।  ह्योल्मोले ३९ मत प्राप्त पाए। प्रतिस्पर्धी जीवन हाताचो राइले ११ मत ल्याए ।

राजधानीको स्वयम्भूस्थित स्टार व्याङक्यैटमा शनिवार राती २ बजे बाट प्रारम्भ भएको मतदानमा ह्योल्मो विजयी भएका हुन ।

यस अघि नै वरिष्ठ उपाध्यक्षमा तमु ह्युल छोँज धिका महासचिव डिल बहादुर  गुरुङ उपाध्यक्षमा शान्ति देवान, चिनीमाया माझी र मनमाया छन्त्याल  निर्विरोध छानिए ।

बाँकी चार उपाध्यक्षमा ३७ मत सहित अमृत बहादुर सुनुवार, ४० मत सहित आङपासाङ शेर्पा ३५ मत सहित चन्द्रलाल राजभण्डारी र  राजकुमार सिंह दनुवारले ४२ मत ल्याएर  निर्वाचित भए । उपाध्यक्षमा  मुकुन्द पहरी १४  मत ल्याए ।

महासचिवमा भने विमल सारु मगरले २९ मत ल्याएर निर्वाचित भए। उनको प्रतिस्पर्धी याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेनले  २० मत पाए । उप महासचिवमा गणेश कुमाल निर्विरोध निर्वाचित भए ।

कोषध्यक्षमा मिङ्मा कामी शेर्पाले २९ मत ल्याउँदै  निर्वाचित भए ।  शेर्पाको प्रतिस्पर्धी खेमराज भूजेलले १८ मत पाए।

आठ जना सचिवमा महेन्द्र दुराले २४ मत, सन्त बहादुर चेपाङले २९ मत,  शिवचन्द्र मण्डलले २५ मत, शैलेन्द्र कुमार ताजपुरियाले २४ मत, चकचकी राजबंशीले ४१ मत, छेवाङ बुम्छोक गुरुङले २९ मत महिला सचिबमा जसनी मण्डल  २२ मत, विना माम्वा तामाङले २६ मत ल्याउँदै बिजयी भए ।

सचिवमा दावा छिरिङ शेर्पाले १४ मत, मातृका धिमाल १५ मत,  प्रदीप बोटे १२ मत, सूर्य बहादुर जिरेलले ७ मत, लाक्पा वाङचुक भोटेले १४ मत ल्याएर पराजित भए ।
सह कोषध्यक्षमा प्रभातकुमार चौधरी निर्विरोध भए  ।

महासंघको विधान अनुसार एक जाति एक भोटका आधारमा भएको निर्वाचनमा महासंघमा आवद्ध ५६ जातीय संस्था मध्ये ५१ जातिय संस्थाका प्रतिनिधिले मतदानमा भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार