इलाम गोल्डकप २०८३ बैशाख ५ गतेदेखि १२ गतेसम्म, ७८ लाख बढी खर्च अनुमान


याम माबोहाङ लिम्बू  44 पटक हेरिएको

इलाम: अन्तराष्ट्रीय आमन्त्रण इलाम गोल्डकप तेस्रो संस्करण २०८३ बैशाख ५ गतेदेखि १२ गतेसम्म हुँने भएको छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजक रेड हर्ष फूटबल क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।

इलामको ठूलो टुँडिखेलमा हुने खेलमा मलेसिया, भारत र नेपालको  प्रतिष्ठित ६ टिमको प्रतिस्पर्धा रहने क्लब सदस्य तथा एन्फाको पूर्व केन्द्रीय सदस्य निरोज खड्गीले बताए ।

प्रतियोगिताको विदेशी टिममा एन पेनाङ एफसी मलेसिया, जर्जियन फूटबल क्लब कालेम्पुङ भारतको सहभागिता रहने छ ।

नेपालका चर्चित टिमहरुमा काठमाण्डौंका मचिन्द्र फूटबल क्बल, न्यूरोड फूटबल क्लब र चितलाङ फूटबल क्लब मैदानमा देखिने छन् । यस्तै झापाको रोलिङ क्लब, पाँचथरको  फिदिम स्पोर्टिङ र आयोजक रेड हर्षको खेल हेर्न सकिने जानकारी गराए ।

पत्रकार सम्मेलनमा क्लबका सल्लाहकार मनोज बुढाथोकी र क्लबका अध्यक्ष सुजितसिंह खत्रीले सार्वजनिक गरेका खेल तालिका अनुसार बैशाख ५ गते आयोजक रेडहर्ष क्लब र जर्जियन फूटबल क्लब कालेम्पोङ भारत बीच उदघाटन खेल हुनेछ ।

खेलको दोस्रो दिन बैशाख ६ गते फिदिम स्पोर्टिङ पाँचथर र रोलिङ क्लब झापासँगको प्रतियोगिता हेर्न सकिने छ ।

प्रतियोगिताको बैशाख ७ गते मचिन्द्र फूटबल क्लब काठमाण्डौं र एन पेनाङ फूटबल क्लब मलसिया बीच खेल हुनेछ ।

बैशाख ८ गते न्यूरोड टिम काठमाण्डौं र चितलाङ फूटबल क्लब काठमाण्डौं बीच प्रतिस्पर्धा हुने आयोजक रेडहर्ष क्लबका अध्यक्ष सुजितसिं खत्रीले जानकारी गराए ।

खेलको सेमिफाइन बैशाख ९ र १० गते हेर्न सकिने छ । भने १२ गते फाइनल खेलसँग प्रतियोगिता समापन हुनेछ ।

यस पटको खेलमा पनि नेपालका चर्चित खेलाडी द्रोण थापासँगै अन्य खेलाडि समेतको खेल हेर्न सकिने बताइएको छ ।

प्रतियोगितामा ७८ लाख बढीको खर्च हुने अनुमान

इलाम गोल्डकप सम्पन्न गर्न ७८ लाख एक हजार बढीको खर्च हुने आयोजकले अनुमान गरेको छ ।

करिब अन्तिम चरण पुगेको प्रतियोगिताको तयारीमा केही खेल स्पोन्सर/दाता खोजी गर्दै जोडिने क्रम जारी रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतियोगितमा एग्रो थाइफूड्स इनर्जि ड्रिङ्स एक्ट्रिम, एनआरएनए, स्थानीय सरकार, प्रदेश सरकार, विभिन्न संघ संस्था, दाता तथा सहयोगीकै भरमा प्रतियोगिता सम्पन्न गरिने बताइएको छ ।

एग्रो थाइफूड्सले भने यस वर्ष ३ लाख दिने सहमती भएको बताइएको छ । प्रतिवर्ष १० प्रतिशतले बृद्दी हुने गरी २ वर्ष र तेस्रो वर्ष २० प्रतिशतले बड्ने गरी ३ वर्षसम्म सम्झौता भएको बताइएको छ ।

सम्झौता पत्रमा एग्रो थाइफूड्सका बजार प्रतिनीधि गोबिन्द पोख्रेल र क्लबका अध्यक्ष सुजितसिंह खत्रिले हस्ताक्षर गरेको सम्झौतामा खेल अवधिमा तीन कार्टुन एक्ट्रिम समेत उपलब्ध गराउँने बताइएको छ ।

प्रतियोगितमा विजयी टिमले १० लाख नगद प्रमाणपत्र ट्रफी मेडल प्राप्त गर्नेछ । खेलको उपविजेताले ५ लाख नगद प्रमाणपत्र ट्रफी मेडल प्राप्त गर्पने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगिताको अन्य खर्चहरुमा रेफ्री अफियल खर्चमा २ लाख ५१ हजार, मेडल प्रमाण पत्र सम्मान पत्रका लागि १ लाख ५० हजार, विधागत पुरस्कार ३ लाख ५० हजार र प्रतियोगिता सञ्चालनमा २ लाख खर्च लाग्ने बताइएको छ ।

यस्तै टिम व्यवस्थापनमा ३ लाख, स्वयैसेवक खाना २ लाख ५० हजार, साउण्ड सिस्टम एक लाख, खेल मैदान व्यवस्थापन ११ लाख ५० हजार, प्रचार प्रसार ३ लाख र अतिथि सत्कार १ लाख ५० हजार विविध खेल सामग्री तीन लाख खर्च हुनेछ ।

खर्च व्यवस्थापन गर्न मुख्य प्रायोजक र प्रायोजकबाट २० लाख, विभिन्न संघसंस्थाबाट ५ लाख ,विदेशमा रहेका इलामेलीबाट ८ लाख, प्रवेश शुल्का गेटमनीबाट १९ लाख. अग्रिम टिकट बिक्री ४ लाख, प्रदेश तथा स्थानीय सरकारबाट २१ लाख, अन्य विविध स्रोतबाट एक लाख, रेडहर्ष फूटबल क्लबको दायित्व ११ लाख एक हजार संकलन गर्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार