मन्त्रिपरिषद्को आज बसेको बैठकले के के निर्णय गर्यो ?


सेवारो खबर  38 पटक हेरिएको

काठमाडौं; सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले डा.भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

यस्तै बैठकले नेपाल राष्ट्र बैङ्कको रिक्त दुई डेपुटी गभर्नर मध्ये एक पदमा किरण पण्डितलाई नियुक्त गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिए ।

मन्त्री रावलले पछिल्लो १५ दिनमा पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन) र एलपी ग्याँसको न्यूनतम खपत हुँदा पनि नेपाल सरकारलाई करिब  एघार अर्ब बहत्तर करोड रुपैयाँ घाटामा पुग्ने तथ्याङ्क देखिएको बताए।

यस समस्याको समाधानका लागि दीर्घकालीन रूपमा सरकारले विद्युतीय सवारीतर्फ रूपान्तरणका लागि कानुनी व्यवस्था अघि बढाएको तथा जनतालाई ऊर्जाको बचत र ‘वर्क फ्रोम होम’ अपनाउन सरकारले आह्वान गरेको छ ।

यस्तै पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा समेत ५० प्रतिशत छुट दिने निर्णय गरिएको जानकारी मन्त्री प्रतिभा रावलले दिए ।

मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालय अन्तर्गतको बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकले प्रदान गर्ने ८५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।@radionepalonlineबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार