अमेरिका र इरान दुई साताका लागि युद्धविराम


सेवारो खबर  37 पटक हेरिएको

 संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिजो मात्र सम्पूर्ण सभ्यता नष्ट हुने चेतावनी दिनु भएको थियो ।

पाकिस्तानको मध्यस्ततामा भएको वार्तामा अमेरिका दुई सात युद्धविराम गर्न सहमत भएको छ । समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो। यस्तै बार्तामा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने सहमति पनि बनेको छ ।

दूइ साताको युद्धविरामका साथै इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने र युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण आएको विविसिले बताएको छ ।

वार्तामा मध्यस्थको भूमिका खेलेको पाकिस्तान मार्फत् अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेस गरिएको इरानले पुष्टि गरेको छ। @nepaltvonlineबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार