
फिक्कल: सूर्योदय नगरपालिकाको १८ औं नगरसभाका विभिन्न बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । बिहिबार नगरपालिकाले पत्रकार सम्मेलन गर्दै नगरसभाले पारित गरेको निर्णय सार्वजनिक गरेको हो ।
गएको चैत ११ गतेदेखि शुरु भई २३ गते सम्पन्न नगरसभाले सार्वजनिक जन चासोको विशेष प्रस्ताव, ऐन संशोधन, नियमित प्रशासनलाई चुस्त दुरुस्त र पहँच योग्य बनाउँन विभिन्न निर्णय र जनचासोको विषयमा प्रतिबद्धता व्यक्त गगरेको छ ।
सार्वजनिक खर्चलाई पारदर्शी मितव्ययी र नतिजामुखी बनाउँदै आर्थिक प्रशासनमा बित्तिय अनुशासन र अनुशासन कायम गर्न सूर्योदय नगरपालिकाको ‘आर्थिक कार्यविधी तथा बित्तिय उत्तरदायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, पारित गरेको कार्यबाहक नगर प्रमुख दुर्गा बरालले जानकारी गराए ।
नगरसभाले ७ वटा संशोधन विधेयक पारित गरेको छ । यसमा नगरसभाले विनियोजन ऐन २०८२ आर्थिक ऐन २०८२, आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६, स्वाथ्य ऐन २०८२, सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६, नगर प्रहरी ऐन २०७६ र सहकारी ऐन २०७५, संशोधन विधेयक ऐन पारित गरेको छ ।
नगरपालिकाको दीर्घकालिन हित र नगरवासीको प्रत्यक्ष समस्याहरुलाई सम्बोधन गर्न तीन विशेष प्रस्ताव सभाले पारित गरेको छ । पारित तीन प्रस्तावलाई संघीय सरकार समक्ष निर्णयार्थ पेश गरिने बताइएको छ ।
पारित तीन विशेष प्रस्तावहरुमा हरियो पत्ति चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न संघीय सकारलाई अनुरोध गर्ने । नगरपालिकको राजमागर्गमा सेटव्याक सम्बन्धि हालको व्यवस्था पुनरावलोकन गर्न र जग्गा बिक्री तथा नागरिकले तिर्नु पर्ने लाभकर सम्बन्धि व्यवस्था पुनरावलोकन तथा सहजिकरणका लागि संघीय सरकारलाई अनुरोध गर्ने छन् ।
नगरसभाले नियमित तथा प्रशासनिक प्रस्तावहरुमा नगरपालिकाले वित्तिय सुशासनलाई मजबुत बनाउन कानुन बमोजिम बेरुजु नियमित गर्ने । नगरवासीको दैनिक सेवा प्रवाहलाई थप चुस्त दुरुस्त छिटोछरितो र प्रभावकारी बनाउन आवश्यक अस्थायी दरबन्दी स्वीकृत गर्ने र कार्यपालिका बैठकले गरेको महत्वपूर्ण निर्णयलाई अनुमोदन गरेको नगर प्रबक्ता ख्याम भूजेलले जानकारी गराए ।
नगरसभाले समसामयिक जन चासोको विषयलाई सम्बोधन गर्दै आय अनुमान र यथार्थ फरक परेकोले चालु आर्थिक वर्षको सीमा एक अर्व एक करोडको सीमा निर्धारण गरिएको छ । सयममै बजेट कार्यान्वयन गर्न नसकिने योजनाहरुको बजेट चैत महिनाको १५ गतेभित्रै समर्पण गर्ने प्रणालिलाई कडाइका साथ लागु गर्ने । विधेयक पेश गर्दा अनिवार्य तीन महले पेश गर्नु पर्ने प्रतिबद्धता नगरसभाले व्यक्त गरेको छ ।
नगरपालिकामा सडक निर्माण गर्दा सडको चौडाइ भन्दा गुणस्तरलाई प्राथमिकता दिदै प्रमुख सडकहरुको लगतकट्टा अभियान सञ्चालन गर्ने । काठको पोल विस्थापनका लागि पहल गर्ने । बिपदबाट क्षति भएका सठक र खानेपानी आयोजनाहरु वर्षाद अगावै मर्मत सम्भारका लागि पहल गर्ने बताइएको छ ।
किसानका समस्या समाधान गर्न गुणस्तरिय चिया उत्पादन संकलन तथा प्रशोधन सम्बन्धी कार्यविधी २०८२ लागु भइसकेको र कन्याम चिया कमानलाई स्थानीय स्वामित्वमा ल्याउँन संघीय सरकारसँग आवश्यक पहल गरिनेछ ।
नगरपालिकाको १२ नम्बर वडाको ल्याण्डफिल्ड साइड समस्या समाधान गर्न रोङ गाउँपालिका र प्रदेश सरकारको सहकार्यमा वडा १० को रिमितेमा आधुनिक फोहोर व्यवस्थापन केन्द्रको डिपिआर तयार भइरहेको बताइएको छ ।
डेरी उधोग र विटुमिन प्लान्टको प्रदुषण नियन्त्रण गर्न अनुगमन टोली खटाउने । भूउपयोग वर्गिकरण त्रुटी सच्याउँने । आगामी वर्ष जग्गाको मूल्याङ्कन यथार्तपरक गराउँने । महँङ्गी नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी बनाउँदै नागरिकका गुनासाहरुमा तत्कालै कानुनी कारबाहीमा अघि बढ्ने लगायतको प्रतिवद्धता व्यक्त गरेको छ ।
थप जानकारीका लागि


65 पटक हेरिएको 














