
इलाम: नेपाल पत्रकार महासंघको आयोजनामा इलाममा खोज पत्रकारिता तालिम शनिबार शुरु भएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा शुरु भएको तालिममा खोज पत्रकार सम्बन्धि आधारभूत जानकारी, तथ्याङ्कको खोजी तथा विश्लेषणको सीप सिकाइने बताइएको छ ।
सञ्चारकर्मीसँग सञ्चारकर्मको आधारभूत सीप हुन आवश्यक भएको तालिम उदघाटन सत्रका सहभागिले बताए । उनिहरुले समाचार लेखनका आवश्यक तत्वहरुको खोजिले मात्रै पूर्ण समाचार बन्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष भीम चापागाईको अध्यक्षतामा भएको तालिम उदघाटन समारोहमा महासंघ पूर्व अध्यक्ष सोम सुशेली, सटेन्द्र जबेगु, कोकिला ढकाल, नेपाल प्रेस युनियन अध्यक्ष सबिता पाण्डे, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष याम माबोहाङ लगायतले शुभकामना राखेका थिए ।
वरिष्ठ पत्रकार मोहन मैनालीले सहजिकरण गरेको तालिममा जिल्लाका कृयाशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको छ । तालिमको उदघाटन कार्यक्रम महसंघ सचिव टिका खतिवडाले सञ्चालन गरेका थिए ।

82 पटक हेरिएको 














