पञ्चकन्या पाथिभरामा पुराण तथा धार्मिक महोत्सव हुने


सेवारो खबर  39 पटक हेरिएको

इलाम: इलाम माइखोला राजदुवालीमा रहेको पञ्चकन्या पाथिभरा मन्दिरमा सप्ताहव्यापी पुराण हुने भएको छ ।

पञ्चकन्या पाथिभरा मन्दिर व्यवस्थापन समितिको आयोजनामा बैशाख १५ देखि २३ गतेसम्म बृहद श्रीमद भागवत सप्ताह तथा सार्वजनिक धार्मिक महोत्सव हुने सोमबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

मन्दिरको दीगो व्यवस्थापनका अक्षयकोष निर्माणसँगै मन्दिरको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले पुराण आयोजना गर्न लागेको व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र चौहानले बताए ।

स्थानीय दाताको सहयोगमा करिब १५ लाख लगानी अनुमान गरिएको पुराणको पहिलो दिन कलश यात्रासँग उदघाटन हुने समितिका प्रकाश चापागाईले जानकारी गराए ।

मन्दिरमा शिलाको संरक्षण तथा निर्माणको काम भइरहेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार