‘राष्ट्रीय पूँजिको निर्माण गर्न बजारमा बेच्ने वस्तुको उत्पादन गर्नुपर्छ’- मुख्यमन्त्री कार्की


सेवारो खबर  257 पटक हेरिएको

फिक्कल: राष्ट्रीय पूँजिको निर्माण गर्न बजारमा बेच्ने वस्तुको उत्पादन गर्नुपर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले बताए । सूर्योदय नगरपालिकाको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिकरण समारोहमा बोल्दै कार्कीले राष्ट्रीय पुँजिको निर्माणमा बजारमा बेच्ने वस्तुको उत्पादन गर्ने काममा सबैलाई लाग्न आग्रह समेत गरे ।

पुँजि निर्माणमा कृषिको विकाससँगै पर्यटनको विकास र बिस्तार गर्न स्थानीय पर्यटकीय गन्तव्यको निर्माण गर्नुपर्ने जोड दिदैं मुख्यमन्त्री कार्कीले भने-‘राष्ट्रीय पुँजिको विकास भएमा मात्र मुलुक आर्थिक रुपमा समृद्द हुन्छ । यसका लागि सरकाले पुँजिगत क्षेत्र बढाउँनु पर्छ । पुँजिगत क्षेत्रको विकासले मात्र सबै क्षेत्रको विकास सम्भव छ ।’

मुख्यमन्त्री कार्कीले पर्यटनका विभिन्न क्षेत्र मध्ये धार्मिक पर्यटनले स्थानीय सम्पदाको विकास गर्ने भएकाले धार्मिक पर्यटनसँगै यो क्षेत्रको सुरक्षा र संरचनाको व्यवस्था मिलाउन आवश्यक रहेको बताउदै पर्यटनको पनि नयाँनयाँ गन्तव्यको खोजी गर्नुपर्नेमा जोड दिए ।

उत्पादनलाई अन्तराष्ट्रीय बजारमा बिक्री हुँने बनाउँन आवश्यक भएकाले व्यक्तिगत पुँजिको विकास गर्नुपर्नेमा जोड दिदै कार्कीले किसानलाई उत्पादनको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे ।

मुख्य मन्त्री कार्कीले भने- ‘स्थानीय सरकारले पर्यटन व्यापार गर्न सके मात्र विकास र रोजगारको सुनिश्चित हुन्छ । युवा पढ्ने र रोजगारीको खोजिमा विदेशिनु पर्दैन । बाँझो जमिनमा उत्पादनको काम गर्नुपर्छ । यसो गर्न सके मात्र राष्ट्रीय पुँजिको विकास हुन्छ ।’

‘सरकारको पछिल्लो गतिविधीलाई औल्याउँदै प्रदेश सरकारलाई जिम्मेवार बनाउँन लागेका जानकारि गराउँदै मुख्यमन्त्री कार्कीले भने- सरकारलाई स्थापित गराउन हामी सबैको दायित्व हो । प्रदेश सरकालाई बचाउनु पर्छ ।’

उनले सुशासनको काममा प्रदेश सरकार लागेका जानकारी दिदैं आउँदो आर्थिक वर्षमा सुशासनको क्षेत्रमा प्रथम हुँने गरी काममा लागेको जानकारी गराए ।

सरकारलाई सुशासन र जिम्मेवार बनाउन जनताको महत्पूर्ण भूमिका हुने बताउँदै कार्कीले जनतालाई पनि सरकारलाई सहयोग गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार