ताप्लेजुङका प्रतिनीधिसभा सदस्य भट्टराईले मुक्कुमलुङको विषयमा के बोले !


सेवारो खबर  184 पटक हेरिएको

काठमाडौं: नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनीधिसभा सदस्य योगेश भट्टराईले मुक्कुमलुङको समस्या वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन् ।

सांसद भट्टराईले बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनमा सांसद भट्टराईले राखेको धारणाको पूर्ण पाठ ।

ताप्लेजुङमा निर्माणाधिन पाथीभरा देवि मुकुम्लुब केबलकार सम्बन्धमा मेरो धारणा

योगेश भट्टराई

प्रतिनिधिसभा सदस्य,ताप्लेजुङ

१. संघीय सरकार प्रदेश सरकार र स्थानीय तहबाट कानुनी प्रकृया पुरा गरेर पाथीभरा देवि मुकुम्लुङ केबलकार प्रा.लिले ताप्लेजुङमा अवस्थीत पाथीभरामा केबलकार निर्माणके काम शुरु गरेको हो ।

२. ताप्लेजुब जिल्लामा क्रियाशिल राजनीतिक दल तथा तीनै तहका जनप्रतिनिधिहरु केबलकर बन्नु पर्छ भन्ने पक्षमा रहेका छन ।

३. केबलकार निर्मणका पक्षलेनिर्माण कार्य अघि बढाउन थालेपछि यही माघ १२ गते निर्माण स्थलमा अप्रिय घट्ना पुग्यो ।

४. पाथीभरा नेपालको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक क्षेत्र र प्राकृतिक रुपले सुन्दर पर्यटकीय स्थल हो ।

५. जहाँ बर्षेनी नेपालका विभिन्न भाग ,भारतका सिक्किम, दार्जिलिब, असाम, पश्चिम बंगाल, उत्तरप्रदेश, विहार लगायतके क्षेत्रबट ठूलो मात्रामा श्रद्धालु दशनार्थी आउने गरेका छन ।

६. पाथीभरा क्षेत्र विकास समितले उपलब्ध गराएको तथ्याङ्क अनुसार गतवर्ष करिब ३ लाख तिर्थालु र पर्यटकहरुले पाथीभरा भ्रमण गरेका थिए भने बर्षेनी यो संख्या उल्लेख्य मात्रामा बृद्धि हुदै गएको छ ।

७. पाथीभरालाई शक्तिकोप्रतिक देविको रुपमा बुझिन्छ खस,आर्य लिम्बु राई (किराँत) गुरुब,तामाब शेर्पा, मगर, नेवार, लगायतका सवै जात र विशेष गरी हिन्दुबौद्ध, र किराँत धर्मालम्बीहरुले समान रुपले अस्था र विश्वास दर्शाउने साझा स्थल हो पाथीभरा ।

८. ताप्लेजुब जिल्लाका आर्थिक समृद्धिको आधार,जलश्रोत,पर्यटन र कृषि हो । तुलनात्मक रुपमा छिटो प्रतिफल दिने क्षेत्र भनेकै पर्यटन हो । ताप्लेजुब प्रकृति र संस्कृति दुवैमा सम्पन्न छ । त्यसलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गरेर ताप्लेजुबबासीहरुकोआर्थिक रुपान्तरणम उपयोग गर्नुपर्छ भन्ने ताप्लेजुबबासीहरुको साझा धारणा रहेको छ ।

९. भौगोलिक रुपले विकट ठाँउमा रहेको पाथीभरासम्म सहज ढंगले पुग्न सकियोस बृद्ध–बृद्धा बालबालिका तथा अपाङ्गता भएकालाई समेत सहज पहुँच पुगो भन्ने उद्देश्यले केबलकर उपयुक्त विकल्प हुनेम दुईमत छैन ।

१०.केबलकार को निर्माण र पाथीभराको महिमाको प्रचार प्रसारबाट वर्षमा १० लाख सम्म तिर्थालु र पर्यटकहरु पाथीभरामा पुग्ने अनुमान गरिएको छ । यसबाट ताप्लेजुबबासीको रोजगारी,आर्थिक उपार्जन,स्थानीय उत्पादनको

बजारीकरण, व्यवसायीकता विकास हुने र सम्रगतामा ताप्लेजुबको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।

११.निर्माण कम्पनीले प्रस्तुत गरेको म्एच् र राज्यका निकायले स्वीकृत गरेको परियोजना प्रस्ताब तथा वातावणीय प्रभाव मुल्याबकन प्रतिविदेनका आधारमा हेर्दा केबलकारको संचालनले कुनै पनि धर्म संस्कृति र आस्थालाई कमजोर पार्ने देखिदैन। पवित्र कान्छी थान भन्दा केबलकार करिब २ सय मिटरका दुरीमा रहेको छ । पाथीभराको मूल मन्दिर भन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने देखिन्छ । पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेन्ट बन्ने छैन र बन्न दिईने छैन । रुख तथा पोल गरेर २११२ कटान हुनेछ । बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काटने हल्लामा कुनै सत्यता छैन ।

१२.ताप्लेजुबमा निर्माण हुने केबलकार वा जल विद्युत्त आयोजनाका बारेमा देशका विभिन्न भागमा बसोवास गर्ने महानुभावहरु तथा विदेशमा रहुन भएका नेपाली दिदीबहिनी तथा दाजुभाईले राख्नु भएको चासो र चिन्ताको हामी सम्मान गर्दछौ । र धन्यवाद ब्यक्त गर्दै ताप्लेजुबबासीहरुको आम सहमतिमा जिल्लामा गर्नुपर्ने विकास–निर्माण र अन्य कामका बारेमा निर्णय गर्न ताप्लेजुबका नेतृत्व सक्षम रहेको सवैमा निवेदन गर्दछु ।

१३. २०८१ मघ १२ गतेको घटना प्रति दुख ब्यक्त गर्दछु । त्यसक्रममा घाईते भएका प्रहरी निरीक्षक लगायत नेपाल प्रहरी,शसस्त्र प्रहरी बलका जवानहरु तथा नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।साथै घाईतेहरुको प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाल सरकारसँग माग गर्दछु ।

१४. पाथीभरा केबलकार निर्माणको कार्यलाई निर्वाध रुपमा अघि बढाउदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुब पार्क तथा संग्राहालय निर्माण साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरु अघि बढाउन माग गर्दछु ।

१५. लोकतन्त्रम विरोध र असहमति राख्ने अधिकारको म सम्मान गर्दछु । त्यो शान्तिपूर्वक र सुसभ्य हुनु पर्दछ ।

समस्याको समाधान बार्ता र संवादकोृ माध्यमबाट गरिनु पर्दछ । परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाब भडकिनेखालका गतिविधिले कसैको हित गर्दैन । यसका लागि आन्दोलनरत पक्षलाई बन्द हडतालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरप्‌mतार भएका ब्यक्तिहरु रिहा गर्न, घाईतेहरुको उपचारको ब्यवस्था गर्न माग गदै अविलम्ब वार्ता गरी समस्यालाई समाधान गर्न माग गर्दछु ।

१६. केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षिय समिति निर्माण गर्न उपयुक्त हुनेछ । साथै केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कार्वाहीलाई सहभागीतामूलक तथा पारदर्शी ढंगलेअघि बढाउनु पर्दछ ।

१७. केबलकार पक्षले ताप्लेजुबका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निशुल्क सेवा दिने घोषणा गर्नु पर्दछ । प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको ब्यवस्था गर्नु पर्दछ । रोजगारीको क्षेत्रमा ताप्लेजुबबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ । केबलकारको शुल्कमा ताप्लेजुबबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ स्थानीय शिक्षा,स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।

१८ पाथीभरा केबलकार निर्माण सम्बन्धमा उत्पन्न समस्यालाई हल गर्न माननीय गृहमन्त्री तथा कोशी प्रदेशका मूख्यमन्त्रीले लिनु भएको तत्परर्ताप्रति धन्यवाद ब्यक्त गर्दछु । कोशी प्रदेश सरकार र संघीय सरकारले निर्माण गरेका समितिसँग वार्ता गरी समस्याको शान्तिपूर्वक समाधानका लागि आन्दोलनरत पक्षलाई हार्दिक अपिल गर्दछु ।

१९. ताप्लेजुबको सम्रग विकासमा एकताबद्ध रुपले अघि बढ्न सवै जनप्रतिनिधि, प्रशासन तथा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गर्दछु । सामाजिक एकता र सद्भाव कायम राख्दै संयम र धैर्यताका लागि सम्बद्ध सवैमा अपिल गर्दछु ।

धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार