अनिश्चितकालिन यातायात बन्द निरन्तर

ल्होछारमा बुद्ध धर्मको झण्डा राखेर सवारी साधन प्रयोग गर्न अनुरोध


सेवारो खबर  188 पटक हेरिएको

इलाम: अनिश्चितकालिन यातायात बन्द थप कार्यक्रम सहित निरन्तर रहेको मुक्कुमलुङ ताङसेप चुम्भो (मुक्कुमलुङ संरक्षण संस्था)ले जनाएको छ ।

बिहिबार सोनाम ल्होछार पर्व मनाउँन बुद्ध धर्मको झण्डा राखेर सवारी साधन प्रयोग गर्न अनुरोध गरेको छ ।

मेची राजमार्ग तमोर कोरिडोर तेह्रथुमहुँदै ताप्लेजुङ छिर्ने सडकसँगै बुधबार विज्ञप्ति जारी गर्दै सुखानी दानाबारी सोयाकको सडक नाका समेत बन्द हुने जनाएको छ ।

सरकारले वार्ताका लागि न्यूनतम वातावरण निर्माण गर्नुपर्ने । बिना कारण गिरफ्तार गरिएका प्रदिप मादेन लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बुलाई बिना सर्त रिहाई गर्नु पर्ने । केबुलकार निर्माण कार्य रोक्नु पर्ने नाम्जाङ्गे काफ्लेपाटीमा राखिएको सशस्त्र र जनपद प्रहरी फिर्ता गर्नु पर्ने । र ५ जना घाइतेको निशुल्क उपचारको व्यवस्था गर्नेपर्ने मुक्कुमलुङ ताङसेप चुम्भोमा आबद्ध मुक्कुमलुङ संयुक्त संघर्ष समिति संयोजक श्री प्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति संयोजक खगेन्द्र फेम्बू, किरात याक्थुङ चुम्लुङ संघीय समिति प्रदेश नं १पुन: नामाङ्कन संयुक्त संघर्ष समिति संयोजक प्रेम येक्तेन, थरगत संस्था याक्थुङ सयङ सहजिकरण संयोजक नन्द कन्दङ्वा, किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाली आदिवासी जनजाति महासंघ अध्यक्ष गेल्जे सेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ अध्यक्ष ङिमि सेर्पा, याक्थुङ युवा मञ्च अध्यक्ष राजेन्द्र इधिङ्गो र याक्थुङ चो: सङजुम्भोका अध्यक्ष किरणकुरमा सिगुले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार