‘स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिनुपर्छ’


सेवारो खबर  267 पटक हेरिएको

इलाम: स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिनु पर्ने इलाममा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन ।

उनिहरुले प्रेस चौतारी इलामको १० औं अधिवेसनमा बोल्दै सञ्चार माध्यमको व्यवसायिक दिगोपनाका लागि समानुपातिक रुपमा विज्ञापनको बितरण गर्न सरकारसँग माग समेत गरेका छन् ।

व्यवसायिक पत्रकारिताले सूचनाको स्रोतमा पहुँच पुर्याउँनु पर्ने इलाम १ का प्रतिनीधि सभा सदस्य महेश बस्नेतले बताए । उनले आम नागरिकको पहुँचमा पुग्नका लागि सञ्चार माध्यमको व्यवसायिक विकास हुनु पर्नेमा जोड दिए ।

सांसद बस्नेतले एक अर्काको समस्यमा जिम्मेवार बन्न सुझाउँदै सञ्चार माध्यमको दिगो व्यवसायिक विकासमा सरकारले यसको नीतिगत व्यवस्गा गर्नु पर्ने औंल्याए ।

व्यवसायिक पत्रकारिता आजको आवश्यकता रहेको नेकपा एमाले जिल्ला अध्यक्ष गणेश बरालले बताए । उनले वर्तमान समयमा गलत प्रचारलाई चिर्न सहि र सत्य सूचना दिनुपर्नेमा जोड दिए ।

‘पत्रकारिताको मर्मलाई ध्यान दिनुपर्छ अध्यक्ष बरालले भने सञ्चार माध्यमको दिगो विकास तथा व्यवस्थापनमा विज्ञापन प्रणालीमा सुधार गर्नुपर्छ ।’

इलाम नगरपालिकाका प्रवक्त्ता तथा ४ नम्बर वडाका अध्यक्ष नुतनदेब दुलालले सञ्चार माध्यमको व्यवसायिक सीप तथा दिगोपनामा ध्यान दिनुपर्ने बताए । उनले सहि र सत्य सूचनाका लागि आवश्यक स्रोतको व्यवस्थापन पहिलो आवश्यकता भएकोमा जोड दिए ।

प्रेस स्वतन्त्रताको पक्षमा समानुपातिक विज्ञापनलाई कार्यान्वयनमा ल्याउँनु पर्ने प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बताए । उनले भने ‘स्थानीय विज्ञापन स्थानीय मिडियालाई दिने प्रावधानको विकास आजको आवश्यकता हो ।’

‘सञ्चार माध्यमले विज्ञापन बाहेक अरु स्रोत चलाउँनु हुँदैन अध्यक्ष बस्नेतले भने समाचार लेख्दा पनि पैसा, समाचार नलेख्दा पनि पैसाको कर्म बढेको छ, यो सञ्चरकर्मीको आचारसंहिता बिपरित हो ।’

उनले समाज रुपान्तरणमा गर्ने कार्यमा सञ्चार माध्यमले कलम चलाउनु सुझाब दिदै राष्ट्रिय अर्थतन्त्रको विकासका सवालमा बहस र स्वाधिन अर्थतन्त्र निर्माणको काम गर्नुपर्नेमा जोड दिए ।

प्रेस चौतारी नेपालको केन्द्रीय लेखा आयोग अध्यक्ष सटेन्द्र जबेगुले सञ्चार माध्यमको विकाससँगै आम नागरिकको हक अधिकारको सवाललाई जोड दिनुपर्ने बताए ।

उनले भने ‘सञ्चार माध्यमको दिगो व्यवसायिक विकासमा सरोकारवालाले सहयोग गर्नुपर्छ । नयाँ मिडियाको दुरुपयोगले पत्रकारिता धरापमा परेको छ । सञ्चारकर्मी सचेत हुनु वर्तमानको आवश्यकता हो ।’

नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बुद्दमाया सोङमीले सञ्रार माध्यमले सबैको आवाजलाई सम्मान गर्नेपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ इलामका उपाध्य लोकेन थेबे आदिवासी जनजाति पत्रकार महासंघ फोनिज इलाम अध्यक्ष याम माबोहाङ लिम्बुले सञ्रचार माध्यम तथा सञ्चारकर्मीको पेशागत सुरक्षामा सरकारले ध्यान दिनु पर्ने बताए ।  उनिहरुले स्थानीय सरकारले स्थानीय सञ्चार माध्यमलाई नै समानुपातिक रुपमा विज्ञापान दिन माग समेत गरे ।

चौतारी इलामका अध्यक्ष भीम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष योगेन्द्र शंकरले स्वागत गरेका थिए

१० अग्रज सञ्चारकर्मीलाई सम्मान

प्रेस चौतारी नेपाल इलामले चौतारीको संस्थागत विकासमा सहयोग गर्ने १० अग्रज सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

चौतारीको १० जिल्ला अधिवेसनका अवसरमा सम्मानित हुँने अग्रज सञ्चारकर्मीहरुमा डाक्टर देबीक्षेत्री दुलाल, सटेन्द्र जबेगु, धरेन चेम्जोङ, कमल श्रेष्ठ,गोपाल नेपाल, उमेश गुरुङ, प्रकाश अधिकारी, रोहितचन्द्र भट्टराई, बिमलकुमार दाहाल र कोकिला ढकाल रहेको चौतारीका अध्यक्ष भीम चापागाइले जानकारी गराए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार