
इलाम : सरकारले वार्ताको न्यूनतम वातावरण तयार नगरेको मुक्कुमलुङ (पाथीभरा) मा ‘नो केबलकार’ समूहले बताएको छ ।
मुक्कुमलुङ ता?ङसेप चुम्भो र मुक्मुलुङ संरक्षण अन्तर दलीय संयन्त्रले साँझ विज्ञप्ती जारी गर्दै वार्ताको वातावरण तयार नभएसम्म बन्द यथावत रहेको जनाएको छ ।
सहसचिव स्तरीय वार्ता समितिले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउँन सक्दैन भन्दै सरकार यस विषयमा गम्भिर नभएको बताइएको छ । उनिहरुले वार्ताको न्यूनतम वातावरणका लागि ७ बुँदे सर्त समेत सार्वजनिक गरेका छन् ।
वार्ताको न्यूनतम वातावरण बनाउँन सरकारले केबलकार खारेज हुनुपर्ने । नाम्जाङ्गे काफ्लेपाटीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता गर्नुपर्नु । गिरफ्तार गरिएका सम्पदा प्रेमीहरुलाई बिना सर्त रिहाई गर्नुपर्ने । घाइतेको निशुल्क र प्रभावकारी उपचार हुनुपर्ने । घटनाको उच्चस्तरीय छानबिन समिति निर्माण गर्नुपर्ने र दोषीहरुलाई कडा कारबाही गर्नुपर्ने । चन्द्र ढकालको केबलकार कम्पनीले घाइतेहरुको आजिवन निर्वाह व्यवस्था गर्नुपर्ने । पाथीभरा क्षेत्र विकास समिति गठन आदेश २०५३ (संशोधित २०७५) मा मुक्कुमलुङ वरिपरी लगभग २५ सयदेखि ३ हजार घरधुरीलाई पाथीभरा क्षेत्र तोकी त्यस क्षेत्रका जनता विस्थापित हुने भएकाले सो खारेज हुनुपर्ने लगायत माग पुरा गर्नेपर्ने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा बन्दका क्रममा झापाको दमक र सुनसरी धरानबाट प्रहरीले नियन्त्रणमा लिएका १४ आफ्ना कार्यकर्तालाई हिरासतमा राखेर सरकार समाधानतिर लाग्नुको साटो थप चर्काउन लागेको आरोप लगाएका छन् ।
आइतबार दिउँसो झापाको दमकबाट पदम बेघा, धनकुमार योङहाङ, शुक्र लिम्बू , आदित्य फियाक, प्रकाश लिम्बू, नाम्साङ लिम्बू, सन्देश लिम्बू र सञ्जय ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीको धरानबाट सुमन चेम्जोङ, दिवस राई, सरिल घले, किसन राई, योगेश तामाङ, सन्दिप लिम्बुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको जनाइएको छ ।
मुक्कुमलुङ (पाथीभरा) मा केबलकारको निर्माणको विरोधमा छ दिन यता ताप्लेजुङ जाने नाका बन्द छ । मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ आउने सडक नाकामा सावारीका साधन सञ्चालनमा आएका छेनन् ।
पाँच दिनदेखि राजमार्गमा यातायात बन्द छैटौ दिनमा ९ जिल्ला अर्थात तत्कालिन लिम्बुवान बन्दमा परिणत गरेको हो ।
बन्दले जनजीवन कष्टकर बन्दै गएको छ । स्थानीय उद्योगी व्यपारीले बन्दको विकल्प खोज्नु पर्ने बताउन थालेका छन् ।
आइतबार ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, धनुकटा, तेह्रथुम, संखुवासभा जिल्लामा सवारीका साधन सञ्चालनमा आएनन् । बन्दले कलकारखाना सहज ढंगले सञ्चालनमा आएनन् । सरकारी कार्यालय तथा सार्वजनिक सेवा दिने कार्यालय निर्वाध खुलेपनि सेवाग्राहीको चाप देखिएन ।
बिहानैदेखि बन्दकर्ताहरु सडकमा देखिएका थिए । झापा मोरङ र सुनसरीमा बन्दकर्ता र प्रहरी बीच झडप समेत भएको छ । झापाको दमकमा बन्दकर्ता र प्रहरीबीच ढुङ्गा हानाहान समेत भएको थियो ।
विज्ञप्ती:



232 पटक हेरिएको 














