सूर्योदयको करफोकमा फागुन १६ गते कन्दरा ब्याण्डको सांगितिक प्रस्तुति हुँने


सुनिता राई  248 पटक हेरिएको

इलाम: इलाम सूर्योदय नगरपालिका करफोकमा आउँदो फागुन १६ गते ग्याल्पो ल्होसारका दिन कन्दरा ब्याण्डले सांगितिक प्रस्तुती दिने भएको छ ।

पर्यटन प्रवर्धन गर्ने सूर्योदय होटल व्यवसायी संघले गर्ने कार्यक्रममा ब्याण्डले सांगितिक मनोरञ्जन दिने बिहिबार इलाम बजारमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन गराई पर्यटन प्रवर्धन गर्दै नगरपालिकाको खेलकुद वर्ष २०८३ लाई सफल पार्न कार्यक्रम गर्न लागेको कार्यक्रम आयोजक अध्यक्ष सञ्जोक तामाङले जानकारी गराए ।

सांगितक कार्यक्रममा संकलन हुँने रकमले करफोक खेल मैदान, ऐतिहासिक पञ्चकन्य मन्दिर, करफोक विद्या मन्दिरमा रहेका फरक क्षमता भएका विद्यार्थीहरुको कल्याणकारी कार्यक्रम लक्षित गरी अक्षय कोषको स्थापना गरिने अध्यक्ष तामाङले बताए ।

यस्तै नगरपालिकाका व्यवसाय होटल र कृषि उत्पादकहरुलाई प्रोत्साहन, युवा पुस्तालाई सामाजिक कार्यमा आकर्षित गरी लागुऔषधको दुरुपयोग रोक्ने काममा सघाउँन कार्यक्रम गर्न लागेको आयोजक समितिका सचिव बिक्रम स्ञ्चुरीले जानकारी गराए ।

सांगितिक कार्यक्रमले स्थानीय कला संस्कृति र जीवनशैलीलाई उजागर गर्दै सामुदायिक एकता बढाउँने आयोजनको दाबी छ । आयोजका अनुसार कार्यक्रमको ४ देखि ५ हजार दर्शकले प्रत्यक्ष अवलोन गर्नेछन् ।

सीमावर्ती भारतीय दर्शक समेत आउने अपेक्षा गरिएको कार्यक्रमका लागि ५ हजार र एक हजार दरको टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि करिब ४० लाखको लागत अनुमान गरिएको छ । यसको लागि टाइटल स्पोन्सर मार्फत ८ लाख, टिकटबाट ४० लाख, कोस्पोन्सर ४ लाख, र अन्य संघसस्थाबाट ३ लाख संकलन हुने अनुमाग गरिएको बताइएको छ ।

नेपाली सांगितिक इतिहासमा को हो ? ‘कन्दरा ब्याण्ड’

लेकाली है माया तिमी परी हङकङ पोखरा र तगारोमा रुपमा राखी चर्चित गीतले ख्याती कमाएको

कन्दरा ब्याण्ड नेपालको लोकप्रिय सांगितिक समूह हो । सन १९९४ मा पोखरामा स्थापना भएको थियो । लोक विधामा आधारित ब्याण्डले राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चा समेत बटुलेको छ । अहिले गायक विवेक श्रेष्ठ, सुनिल थापा, हरि महर्जन, गितावाद देव लामा, पंकज झा र सुन्दर महर्जनको मुख्य प्रस्तुति हेर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार