पवित्रहाङमा गोल्ड कपमा दिपेन्द्र शिखर फुटबल क्लब इलाम सेमिफाइनलमा प्रवेश


आन्छुमे नसान  155 पटक हेरिएको

माङ्सेबुङ: इलामको माङसेबुङमा जारी १५ औ ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा शनिबार भएको खेलमा दिपेन्द्र शिखर फुटबल क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भएको खेलमा मिक्लाजुङ फुटबल क्लब पाँचथरलाई २–० ले पराजित गर्दै दिपेन्द्र शिखर सेमिफाइनलमा प्रवेश गरेको हो ।

इलामको जीतमा सजिना कोइराला र स्वस्तिका विकले समान एक गोल गरे । खेलको पहिलो हाफको १९ औं मिनेटमा सजिनाले गोल गर्दै सुरुवाती अग्रता दिलाइन । उनले मैदानको मध्यभा गको नजिकैबाट प्रहार गरेको बलले मिक्लजुङका गोल रक्षक उषा थापालाई बिट गर्दै सिधै जाली चुम्यो ।

खेलको दोस्रो हाफको नवौं मिनेटमा स्वस्तिकाले गोल थपेर २–० को सहज जीत शुनिश्चत गरायो । खेलको प्लेयर अफ द म्याच दिपेन्द्र शिखरकी स्वस्तिका विक घोषित भईन् । उनले नगद ५ हजार उनन्सत्तरी रुपैयाँ हात पारिन् ।

मिक्लाजुङले नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका मन्जली योन्जन, कुसुम खतिवडा, एपिएफ क्ल्बकी रविना गोले, यु–१८ राष्ट्रिय टिमकी गोलरक्षक उषा थापा सहित मैदान उत्रिएको थियो ।

प्रतियोगितामा आइतबार पथरी शनिश्चरे खेलकुद समिति मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङविच प्रतिस्पर्धा जनाइएको छ ।

प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।

खेल अवधिमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई नगद पुरस्कारबाट सम्मान गरिने छ ।

प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँते÷तेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता भइरहेको छ ।

प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार