केबलकारले मुक्कुमलुङमा ३ सय रोजगारी थपिने ८० प्रतिशत ताप्लेजुङबासीले पाउँने


सेवारो खबर  118 पटक हेरिएको

काठमाडौं:नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गरेका छन् ।  

शनिवार पाथीभरा देवी दर्शन केबलकार प्राइभेट लिमिटेडको तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै ढकालले  तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताए । 

अध्यक्ष ढकालले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको भन्दै  ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको बिरोध गरिरहेको दाबी गरे । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको ढकालको भनाई छ ।  ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको भन्दै ढकालले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने उल्लेख गरे ।  

पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने भएकाले ताप्लेजुङवासीले पाउने अवसरमा खेलवाड गर्न बाहिर बस्ने नेपालीहरु लागिरहेको बताए ।  

अध्यक्ष ढकालले पाथीभरामा केबलकारसम्बन्धी संरचना गलत हिसावले नबनाइएको पनि स्पष्ट पारेका छन् । 
अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनका लागि केबलकार बनाउन बताए ।

@avenues.tvबाट । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार