
माङ्सेबुङ: इलामको माङ्सेबुङमा जारी पवित्रहाङमा गोल्ड कप २०८१ को आइतबार भएको खेलमा ताप्लेजुङ विजयी भएको छ । विजयीसँगै सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
ताप्लेजुङले मोरङको पथरीशनिश्चरे खेलकुद समितिलाई ३-० गोल अन्तरले सेमिफाइनलको यात्रा पक्का गरेको हो ।
माङ्सेबुङको आत्मानन्द रंगशालामा भइरहेको खेलमा जीतका लागि ताप्लेजुङका तर्फबाट सुष्मा लिम्बू, अनुष्का शेर्पा र सुजता लिम्बुले गोल गरे ।
खेलको पहिलो हाफको १७ औं मिनटमा सुष्मा लिम्बुले अग्रता दिलाएको खेलको ४७ औं मिनटमा अनुष्का र ४९ औं मिनटमा सुष्माले गोल गरे ।
खेलको प्लेयर अफ द म्याच सुष्माले हात पारिन । उनले नगद ३ हजार उनान्सतरी रुपायाँ पुरस्कार प्राप्त गरिन ।
गोल्डकपको सोमबार रोयल स्पोर्टिङ क्लब दमक झापा र दिव्यशक्ति धोत्रे दार्जिलिङ भारत बीच खेल हुने आयोजक आत्म पवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङ्बुहाङले जनाकारी गराए ।
प्रतियोगिताका विजेताले ट्रफीसहित नगद पुरस्कार ३ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख १ सय ६९, मेडल र प्रमाणपत्र पाउने छन् ।
खेल अवधिमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई नगद पुरस्कारबाट सम्मान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ कराँते÷तेक्वान्दो म्याराथन, म्युजिकल चेयर, हाँडी फुटाउने, गाग्री दौड, फुलमाला दौड, तान बुन्ने, चम्चा दौड, सियोधागो उन्नेलगायतका लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६९औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा महासमारोह २०८१ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता भइरहेको छ ।
प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ ।

155 पटक हेरिएको 











