केबलकार विवादका विषयमा आज गृहमन्त्रीसँग छलफल हुने


सेवारो खबर  215 पटक हेरिएको

काठमाण्डौ : ताप्लेजुङको मुक्कुमलुङ (पाथिभरा) क्षेत्रमा नो केबलकार समूहसँग आज सोमबार  निर्माण गृहमन्त्री रमेश लेखकसँग छलफल हुने भएको छ ।

सरकारी र आन्दोलनरत पक्षबीच आइतबारको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । यद्यपि सरकारले वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध गरेको छ ।

आन्दोलनरत पक्ष भने कर्मचारीस्तरमा वार्ता नगर्ने जनाउँदै गृहमन्त्री लेखकसँग छलफल गर्ने बताएका छन् ।

“वार्ता निष्कर्षमा पुगेन । वार्ताका माध्यमबाट समस्याको समधान गर्न अनुरोध गरेका छौँ,” सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भने ।

वार्तापछि गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीले समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको जनाएको छ । मन्त्रालयले समस्याको समाधान वार्ताको माध्यमबाट खोज्न आग्रह गरेको छ । @nepaltvonline.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार