
इलाम: जिल्ला प्रहरी कार्यालय इलामले हत्या आरोपमा मंगलबार ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुर्योदय नगरपालिका ११ सुन्तले संयुक्त टोलका वर्ष २९ का मंगेश भन्ने एडवर्ड राई, २६ वर्षकी मालती तामाङ (राई), २४ बर्षका सुमन भन्ने नबिन कुमार राई, २६ वर्षका निशान राई, २० वर्षका राजिव राई र २३ वर्षका दिवस राई रहेका छन् ।
उनिहरुलाई सोही ठाउँको ५१ बर्षीय धनराज राईको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राई आफ्नै घरको भुईतलाको बिचको कोठामा मृत अवस्थामा फेला परेको थियो । उनको टाउकोको पछाडीको भाग र अगाडी निधारको भागमा गम्भिर चोट पटक लागि घटना स्थल घर कोठा भित्र रगत समेत जमेको देखिएको, घटना स्थल कोठा भित्र फलामको रड थान–१, खेत बारी खन्न प्रयोग हुने फरुवा (कोदालो) थान–१, रगत लागेको ढोकामा लगाईने डोलो दाउरा (आग्लो) थान–१ समेत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटे सहित घटना स्थल अधिकृत सहितको टोली, प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोईराला समेतको बिशेष अनुसन्धान टोली र नेपाल प्रहरी प्रदेश कार्यालय धरान केनाई शाखाबाट प्रहरी नायब निरिक्षकको कमाण्डमा कुकुरसहितको टोली खटि गई घटनाको सुक्ष्म एवं बिस्तृत अनुसन्धान गर्दा मारेको तथ्य खुल्न आएकोले घटनामा आरोपित व्यक्ति लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको सूचना अधिकारी तथा डिएपी मानबहादुर राईले जानकारी दिए ।
जानकारी पत्र



210 पटक हेरिएको 














