इलाम: इलामको ठूलो टुँडिखेलमा भइरहेको दोस्रो आमन्त्रित अन्तर्राष्ट्रिय महिला गोल्डकपमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
पुलिसले ट्राईबेकरमा बागमती क्लबलाई ३-१ गोलान्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो ।
बागमतीलाई दबाब राखे पनि पुलिसले मौकाको फाईदा लिन नसक्दा खेल ट्राईबेकरमा पुगेको थियो ।
पुलिसको तर्फबाट हाफ टाईममा परिवर्तित खेलाडी रेविका पाण्डे, विर्सना चौधरी र गोलरक्षक उषा नाथले गोल गरिन् । कप्तान निरु थापाको प्रहार गोलपोष्ट भन्दा बाहिर गएको थियो ।
बागमतीका तर्फबाट सलोनी रानामगरको प्रहारमात्र गोलमा परिणत भएको थियो ।
विष्णुमाया बल र अन्जली खवासको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले रोकेकी थिइन् ।
सेमिहाङमा लिम्बूको प्रहार बाहिरिएको थियो ।
आइतबारको खेलको वुमन अफ द म्याच नेपाल पुलिसको गोलरक्षक उषा नाथ बनिन् उनले इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दाहालले नगद ५ हजार र ट्रफी प्रदान गरिन् ।
सोमबार त्रिभुवन आर्मी फुटबल क्लबले मानेभञ्ज्याङ एफसी दार्जीलिङ भारतसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ ।
ओएसिस क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोडकपको दोस्रो संस्करण फागुन २४ सम्म चल्नेछ ।
शनिबार उद्घाटन खेलमा आयोजक ओएसिस क्लबले ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबलाई २-० गोल गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
पहिलो हाफमा सुरुआती अग्रता लिएको आयोजकले दुवै गोल पहिलो हाफमै गरेको थियो । पहिलो हाफको ३४औं मिनेटमा आयोजकको तर्फबाट पहिलो गोल वर्षा ओलीले गरिन् । डि–बक्स एरियानजिकै पदमा स्पोर्टिङ क्लबकी सुक्रिया मियाले फाउल गरेपछि आयोजकले राम्रो अवसर पायो ।
अनिसा राईको उत्कृष्ट फ्री–किक प्रहारलाई वर्षाले हेडिङमार्फत् गोल गरिन् । पदमा स्पोर्टिङकी मियाले पहेंलो कार्ड पाइन् ।
दुवै टिममा युवा तथा अनुभवी खेलाडी थिए । पदमा स्पोर्टिङले दुई विदेशी (युगान्डा) खेलाडीसहित २० र १९ वर्षमुनि उमेर समूहका नेपाली राष्ट्रिय टिमका खेलाडी मैदान उतारेको थियो ।
आयोजकले छिमेकी भारतको सिक्किम राज्यको राष्ट्रिय टिमका दुई खेलाडीसहित २० र १९ वर्षमुनि उमेर समूहका नेपाली राष्ट्रिय टिमका खेलाडी मैदान उतारेको थियो ।
पहिलो हाफकै अतिरिक्त समयमा प्रयंका मगरले गोल गर्दै अग्रतालाई दोब्बर पारिन् । पदमाले खेलमा फर्किन धेरै प्रयास गरेपनि पार लागेन । पाएका थुप्रै अवसर सदुपयोग गर्न सकेन ।
दोस्रो हाफमा आयोजकको तर्फबाट वर्षाले ‘वान भर्सेस वान’को अवसरलाई सदुपयोग गर्न सकिनन् । पदमाको गोलरक्षक करुणा बुढाथोकी केही अगाडि बढेको मौकालाई सदुपयोग गर्दै वर्षाले गरेको प्रहार गोल पोस्टको माथिल्लो बारमा लागेर फर्कियो ।
आजको खेलको म्यान अफ द म्याच आयोजककी वर्षा घोषित भइन् ।
ओएसिस क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोडकपको दोस्रो संस्करण फागुन २४ सम्म चल्नेछ ।
फाइनल जित्ने टोलीले नगद चार लाख, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । उपविजेता टोलीले नगद दुई लाख पाउनेछ । खेलाडीलाई विधागत रूपमा समेत पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

147 पटक हेरिएको 














