‘अधिकार र मानव अधिकारलाई सम्बोधन गर्न राजनीतिक रुपमा एकजुट हुनुपर्छ’


सरिता राई  178 पटक हेरिएको

इलाम: नागरिकका आधारभूत अधिकार र मानव अधिकारलाई सम्बोधन गर्न राजनीतिक रुपमा सरोकारवाला एकजुट हुनुपर्ने आइतबार इलाम बजारमा आयोजित एक कार्यक्रमका बक्ता बताएका छन् ।

उनिहरुले मानव अधिकारको स्थितिका बारेमा जिल्ला स्थित सरोकारवालाहरुसँगको छलफल तथा अन्तरकृया कार्यक्रममा बोल्दै नागरिकका आधारभूत अधिकारलाई मानव अधिकारको रुपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

मानव अधिकार मन्च इलामले आयोजना गरेको कार्यक्रममा इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले छलफलमा उठेको नागरिकका सवालका विषयमा जानकार रहेको बताउँदै यस्ता सर्वसाधारणका मुद्दाहरुलाई सम्बोधन गरेर न्यूनीकरण गर्न प्रशासन र राजनीतिक शक्ति मिलेर अघि बढन आवश्यक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफुले छलफलमा उठेका विषयवस्तुका साथै सेवा प्रवाहमा सबैलाई न्याय होस भनी टोकन प्रणाली लागु गरेको बताउँदै । सेवा प्रवाहको क्रममा कसैलाई अन्याय परेमा आफुलाई भन्न आग्रह समेत गरिन् ।

नेपाली काङ्ग्रेस इलामका सचिव निरोज खड्गिले अधिकार र मानव अधिकारको सवाललाई कम गर्न सबैलाई लाग्न अनुरोध गरे । उनले अधिकार र मानव अधिकारको सवाललाई कम गर्न आफू र आफ्नो पार्टी सक्रीयता पुर्वक लाग्न तयार रहेको प्रतिवद्धता जाहेर गरे ।

नेकपा एमाले इलामका अध्यक्ष गणेश बरालले आफुहरु पटक पटक मानव अधिकारको उल्लंघन न्यूनीकरणको विषयमा छलफल गरिरहेको बताउँदै कार्यान्वयनको पाटोमा लैजान सबैजना एकजुट भएर लाग्न आवश्यक रहेको बताए ।

कतिपय नागरिकले सेवा प्रवाहको क्रममा शास्ती भोग्नु परेको अवस्था रहेको  बताउँदै नेकपा माओवादी केन्द्रका प्रतिनिधि प्रभाष शर्माले भ्रष्टाचारको विषयमा गहन रुपमा लाग्न आवश्यक रहेको बताए । उनले  यसलाई कम गरे मात्र सुशान कायम हुने बिश्वास व्यक्त गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भुवन पौडेलले सुशासनका लागि सेवा प्रवाह गर्ने ठाउँमा रहेका सरोकारवालाहरुले कस्तो काम गरिरहेको छ् हेर्न  र खबरदारी गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा जिल्ला बार एसोसिएसनका अध्यक्ष विद्या सापकोटा, सन्चारिका समूह इलामका अध्यक्ष सिर्जना श्रेष्ठ, एकल महिला समुहका दिपा आचार्य, अनेवस्य्वियु जिल्ला इलामका अध्यक्ष अशोक खतिवडा, एनप्याबसनका अध्यक्ष भुषान्त शुब्बाले जिल्लामा अधिकार र मानव अधिकारका विषयमा भईरहेका घटनाका विद्यमान सवालको बारेमा बोलेका थिए ।

गैरसरकारी संस्था महासंघ, मानव अधिकार एलायन्स, इन्सेकको संयुक्त सहकार्यमा भएको कार्यक्रममा मानव अधिकारको स्थितिका विषयमा मञ्च र इन्सेकले तयार पारेको ६ महिने अभिलेखिकरणको छलफल पत्र र प्रस्तुत भएको थियो ।

स्वागत मन्तव्यसँगै कार्यक्रमको उद्देश्यमाथी मानव अधिकार एलायन्स प्रदेश सचिव मनकुमार बराईलिले जानकारी गराएको कार्यक्रम  मानव अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार