
माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले वान्तवा भाषा पाठ्यक्रम निर्माण गर्ने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले पाठ्यक्रम निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
अन्तरकृयासँगै वान्तवा भाषा पठनपाठनका लागि पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको बताइएको छ । पाठ्यक्रम निर्माणका लागि आवश्यक समिति समेत निर्माण गरेको पालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार वान्तवा भाषा पाठ्यक्रम लेखन कार्यदल समेत बनाएको छ । जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा ६ सदस्यीय लेखन कार्यदल निर्माण गरेको बताइएको छ ।
कार्यदलको सदस्यहरुमा सिङ्घेस्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक उदय राई. सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक अम्बिका प्रसाद राई. जीवनज्योती माध्यमिक विद्यालयका सकुन्तला राई. किरात राई यायोक्खा इलाम (पूर्व शिक्षक) गुञ्जकुमार राई र अधिकृत छैटौं शिक्षा शाखाका युवराज खनाल रहेका छन् ।
कार्यदललाई लेखन सहयोग पुर्याउँन पूर्व शिक्षक तथा अध्यक्ष, किरात एवाई राई संघ केन्द्रीय समिति सदस्य भक्तबहादर राईको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ ।
सल्लाहकार समितिका अन्य सदस्यहरुमा आदिवासी जनजाति महासंघ गाउँपालिका समन्वय परिषद अध्यक्ष डिल्लिकुमार राई. जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक मनकुमार राई, पूर्व शिक्षक रामप्रसाद राई र शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा रहेका छन् ।
गाउँपालिकाका विद्यालयहरुमा लिम्बू भाषामा भने पठनपाठन भइरेहको छ ।

122 पटक हेरिएको 














