
काठमाण्डौ: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको २६ औं स्थापना दिवस मंगलबार १२ पत्रकारलाई सम्मान तथा पुरस्कार दिइएको छ ।
फोनिज पत्रकारिता सम्मान २०८२ बाट गजुरधन राई, अमरध्वज लामा र राजवंशी भाषाका त्रैमासिक पत्रिका कोचिला सामान सम्मानित भए । सम्मानको नगद ३१ हजार र सम्मानपत्र रहेको छ ।
फोनिज पत्रकारिता पुरस्कारबाट पत्रकार सविन प्रियसन, मुनेस रायो मगर, बन्दना दनुवार पुरस्कृत भए । पुरस्कृतले नगद २५ हजार र प्रमाणपत्र हात पारे । त्यस्तै, अमेरिकामा रहेर पत्रकारिता गरिरहनुभएकी पत्रकार मच्छे गुरुङलाई फोनिज प्रवास अवार्ड २०८२ ले सम्मानित भए ।
फोनिज मलेसिया पुरस्कारबाट सपना थामी र ज्ञानेन्द्र तामाङ पुरस्कृत भएका छन् । उनिहरुले नगद १० हजार सहित सम्मानपत्र प्राप्त गरे ।
फोनिज युके पत्रकारिता पुरस्कार २०८२ बाट आश गुरुङ र डोल्मा शेर्पा र फोनिज बागमती प्रदेश समितिबाट स्थापना गरिएको फोनिज पुरस्कार २०८२ बाट पूर्णबहादुर मगर पुरस्कृत भए ।
कार्यक्रममा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ प्रदेशले सञ्चारकर्मी दिकुमार लावती र सारादा बोम्जन तामाङलाई सम्मान गरेको छ ।
(फोनिज) १ प्रदेश अध्यक्ष विजयवोध लावतिको अध्यक्षतमा इटहरीमा भएको कार्यक्रममा लिम्बुवान खबर अनलाइनका सञ्चालक सम्पादक लावती र तामाङलाई पहिचान पुरस्कारले पुरस्कृत गरिएको हो ।

100 पटक हेरिएको 














