बरबोटे: नेपाल टेलिकमले इलाम नगरपालिका ५ बरबोटेमा रहेको अमर माध्यमिक विद्यालयलाई कम्प्युर प्रदान गरेको छ ।
टेलिकमले १२ थान कम्प्युटर १२ युपिएस र एउटा प्रिन्टर बुधबार हस्तान्तरण गरेको जनाइएको छ ।
कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत टेलिकमले सामाग्री हस्तान्तरण गरेको बरिष्ट इन्जिनियर सुनिल सिंहले जानकारी गराए ।
इन्जिनयर सिंहले विधार्थीहरुको प्राविधिक शिक्षा लिन सहज होस भनेर सामग्री हस्तान्तरण गरेको बताए ।
वडा अध्यक्ष काजीबहादुर श्रेष्ठले टेलिकमले दिएको सामग्रीले विद्यालयलाई पठनपाठनमा सहयोग पुगेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रममा प्रधानाध्यापक सोमनाथ निरौलाले स्वाग गरेका थिए ।
अमर माविमा अंग्रेजी इन्जिनियरिङ कम्प्युटर साइन्स पठनपाठन हुँदै आएको छ ।

120 पटक हेरिएको 














