किरात याक्थुङ चुम्लुङ पोखराको चौथो अधिवेशन दिल बहादुर लिम्बूलाई अध्यक्ष बनाउँदै सम्पन्न


सेवारो खबर  165 पटक हेरिएको

पोखरा: किरांत याक्थुङ चुम्लुङ पोखराको सातौ साधारणसभासँगै चौथो अधिवेशन दिल बहादुर लिम्बूलाई अध्यक्ष बनाउँदै सम्पन्न भएको छ ।

अधिवेसनले बरिस्ठ उपाध्यक्ष लक्षमण कन्दङ्वा, उपाध्यक्ष किरन नेयोङ, सचिव लक्ष्मी प्रसाद पालुङ्वा, सहसचिव हिम बहादुर लिम्बू,कोषाध्याक्ष बाल कुमारी लिम्बूलाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा झस बहादुर लिम्बू,रबिना लिम्बू, रमा श्रेष्ठ लिम्बू,मन माया लिम्बू,साईमना लिम्बुलाई छनौट भएका छन् । नवनिर्वाचित शाखा समितिलाई  किरांत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले सपथ गराए ।

कार्यक्रम उद्घाटन गर्दै चुम्लुङका अध्यक्ष  येक्तेनले सम्पूर्ण आदिवासी जनजातीहरुलाई पहिचानको आन्दोलनमा सहभागी हुन अनुरोध गरे ।  कार्यक्रममा बोल्दै उपाध्यक्ष गोविन्द आङबुङले पहिचानका लागि संघर्ष अनिवार्य बन्दै गएको बताए । महासचिव निरन्ती तुम्बापोले लिम्बु समुदायमा पहिचानको जागरण क्रमिक रुपमा आईरहेको बताईन् ।

कार्यक्रममा भवानी विक्रम सम्भाहाम्फे, रेश्मा खेवाङ, विजेन्द्र चौधरी, चेत बहादुर कुमाल र गजेन्द्र लिम्बुले समेत पहिचानको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिए ।

लक्ष्मण कन्दङवाको अध्यक्षतामा भएको कार्यक्रममा  सन्जिव मादेखले स्वागत गरे भने संचालन लक्ष्मी प्रसाद पालुङवा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार