इलाममा आधारभूत पत्रकारिता तालिम सम्पन्न


सेवारो खबर  112 पटक हेरिएको

इलाम : लिम्बू पत्रकार संघ इलामको आयोजनामा दुई दिवसीय आधारभूत पत्रकारिता लालिम सम्पन्न भएको छ ।

लिम्बू पत्रकार उत्पादन गर्ने उद्देश्यले लिम्बू पत्रकार संघ इलामले तालिम आयोजना गरेको हो ।

नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा भएको तालिममा २३ जना युवाहरु सहभागी भएका थिए ।

तालिमका सहभागीहरुलाई पत्रकार राम योङहाङ, याम माबोहाङ, जीवन लिम्बू र सृजना श्रेष्ठले सहजीकरण गरेका थिए ।

संघको चौथो जिल्ला अधिवेशनको अवसरमा तालिम आयोजना आयोजककी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् । संघको अधिवेशन मंगलबार सदरमुकाम इलाम बजारमा हुँदैछ।

-प्रशान्त खाम्दक/अनुहाङ लिम्बू  प्रशिक्षार्थी पत्रकार 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार