कर्मचारी संगठनले शैक्षिक सामग्री वितरण गर्यो


सेवारो खबर  87 पटक हेरिएको

फाकफोकथुम: नेपाल निजामती कर्मचारी संगठन फाकफोकथुम गाउँपालिका कार्य समितिको शैक्षिक सामग्री वितरण गरेको छ । संगठनले संविधान दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको हो ।

संगठनले स्थानीय कालिकादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई ३० हजार बराबरका शैक्षिक सामग्री वितरण गरेको संगठनले जानकारी दिएको छ । विद्यार्थीहरुलाई झोला, बलपेन, पेनसिल, कापी लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

संगठनका अध्यक्ष दिपक राईको अध्यक्षता भएको वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल ३ नम्बर वडा अध्यक्ष दिपेन्द्र लिम्बू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबीर थेगिम प्रधानाध्यापक कृष्णप्रसाद खनालको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार